अमेरिका– अमेरिकाको इलिनोइसमा एक महिलाले नसाको झोकमा किस नगरेको भन्दै आफनै पुरुष रुममेटको हत्या गरिदिएकी छिन् ।
जुन घटना अहिले सामाजिक संजालमा चर्चाको विषय बनेको छ । इलिनोइसकी २८ वर्षिया क्लाडिया रेजिन्डिस फलोरेजले आफनै २९ वर्षिय रुममेट साथी जेम्स पि जोन्सको हत्या गरेकी हुन । उनि साथी जेम्स र जेम्सकी गलफ्रेन्ड संगै प्रिजर्व बुडफिल्ड अपार्टमेन्टमा हालै सिफट भएका थिए । एक दिन तीन जना संगै बसेर ड्रिग्स गरिरहेका थिए । नसाकै क्रममा क्लाडियाले जेम्सलाई उसकै गलफ्रेण्डको सामन्ने किस गर्न भनिन । जेम्सले उनको आग्रहलाई अस्वीकार गरे । उनले फेरि जेम्सको गर्लफ्रेण्ड समक्ष पनि जेम्सकै अगाडी आफुलाई किस गर्न भनिन । उनले पनि त्यो आग्रह मानिन । दुबैले नमानेपछि क्लाडियाले जर्बरजस्ती गर्न थालिन । उनिहरु नमानेपछि शिरानी मुनि जेम्सले राखेको पेस्तोल निकालिन र जेम्सको टाउको प्रहार गरिन । घटनास्थलमै उनको मुत्यु भयो । घटनापछि हडबडाएकी जेम्सकी गर्लफ्रेण्डले प्रहरीलाई खबर गरिन । प्रहरीले घटनास्थलबाट पेस्तोल सहित आरोपित महिला क्लाडियालाई पक्राउ गरेको थियो । समाचार अनुसार क्लाडिया तीन बच्चा बच्चीकी आमा हुन । उनी पतिबाट अलग बस्दै आएकी थिइन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected