अमेरिका–अमेरिकामा एउटा फिल्मी शैलीको अनौठो घटना घटेको छ । तर घटना भने यथार्थ हो । अमेरिकाको केन्टुकी राज्यमा एक चार वर्षिय बालक ७० फिट उचाईको पहाडी क्षेत्रबाट खसेर पनि बाच्न सफल भएका छन् । उद्धार तथा राहत टोलीले बालक उचाईबाट खसेर पनि जिवित देखेपछि उनलाई चमत्कारी बालकको सज्ञा दिएका छन् । वुल्फ काउन्टीको खोज तथा उद्धार टिमले बच्चाको तस्विर सहित घटनालाई चम्तकार भन्दै सार्वजनिक गरेको हो ।
बालक आफनो बाबुआमा संग डेनियल बुन नेशनल फरेस्टमा घुम्न निस्केका थिए । घुम्ने क्रममा बालकको खुट्टा पहाडी इलाकाबाट चिप्लियो र लगात्तार चट्टानहरु ठक्कर खादै ७० फिट तल खसे । उनी खसेपछि बालकका पिता तुरुन्तै रफतारमा तल झरे । आफनो छोरा नजिक पुग्दा उनलाई हल्का फुल्का चोट मात्र लागेको थियो । छोरालाई अंगालो हाले र बालक स्वस्थ देखिन्थे । छोरालाई लिएर हाइवे तर्फ निक्ले र उद्धार टोलीले अस्पताल पुराए । डाक्टरले कुनै समस्या नदेखेपछि बालकलाई परिवारलाई सुम्पिदिए । यति उचाईबाट खसेपछि मान्छे बाच्ने संभावना कमै हुन्छ । तर बालक जिवित देखेपछि सबैले यसलाई चम्तकार घटना भनेका छन् ।

-एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected