अमेरिका–अमेरिकाको दक्षिण क्यालिफोर्नियाकी आफुलाई घर मालिक बताउने एक महिला नै अन्तत चोर निक्लिन । घर मालिक बताउने महिला नै चोर निस्केपछि प्रहरीको समेत होस उडयो । प्रहरीले ति ४३ वर्षिय महिलालाई पक्राउ गरेको छ । क्लोराडोको सान्टियागोमा रहेको घरको ताला फोडेर उनि भित्र पसेर मालिक भएर बसेकी थिइन ।
घटनाको खुलासा तब भयो , जब असली घरका मालिक सहरबाट बाहिर गएका थिए । आफनो घरमा कुनै शकास्पद गतिविधी भइरहेको छिमेकीले उनलाई बताए । तुरुन्तै घरका असली मालिकले कोलोराडो पुलिसलाई फोन गरे । घरमा बत्ती बल्दै र निभ्दै गरेको दृश्य देखेर छिमेकीलाई समेत शंका भएको थियो ।
सुचना पाए लगत्तै प्रहरी घर पुग्दा घरको पछाडीको ढोका खुल्ला थियो । भित्र आगो बलिरहेको थियो र संगीत पनि बजीरहेको थियो । घर भित्र तिनै मालिक बताउने महिलालाई प्रहरीले फेला पा¥यो र पक्राउ ग¥यो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected