अमेरिका–कहिले कुन समय कसैको अन्तिम पल हुन्छ कसैलाई पत्तो हुदैन । यस्तै अमेरिकाकी यी २० वर्षिया म्याडलिन मेडीलाई पनि केही पत्तो थिएन । तर यि युवति हट डग खादा खादै जिन्दगीबाट विदा लिएकी छिन् ।
म्यासाच्युसेटसको टफ्टस विश्वविद्यालयकी यी छात्राको हट डग खाने प्रतियोगितामा भाग लिन क्रममा गलामा हट डग अडकेर ज्यान गएको हो । उनलाई घटना लगत्तै बोष्टन अस्पतालमा भर्ना गरिएको थियो । डाक्टरको सबै प्रयासको बाबजुत पनि उनको ज्यान बच्न सकेन । यो उनको उनको आखिरी दिन बन्न पुग्यो । विश्वविद्यालय बाहिर रमाइलोको लागी प्रतियोगिता गरिएको थियो ।

म्याडलिन विश्वविद्यालयमा ल्याक्रोस खेलाडीको रुपमा परिचित थिइन । उनको मुत्युपछि विश्वविद्यालयका विद्यार्थीले दुई नम्बरको जर्सी राखेर उनको सम्झना गरे । विश्वविद्यालयका सबै सहपाठी एक भएर उनलाई श्रदान्जली दिए । २० वर्षको कलिलो उमेरमै अकस्मात ज्यान गएपछि उनको परिवार र विश्वविद्यालय परिवार समेत स्तब्ध बनेको छ ।
यो घटनाले कुनै पनि प्रतियोगितामा भाग लिनु अघि पहिला आफनो सुरक्षा सुनिश्चित गर्नुपर्ने पाठ पनि सिकाएको छ ।

एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected