महिमा सिलवाल नेपाली सिनेमाकी हट नायिका हुन । नारायणगढ चितवनकी स्थायी बासिन्दा उनी बिगत सात वर्ष देखि नेपाली सिनेमा क्षेत्रमा संघर्षरत छिन् । अभिनय कलामा पोख्त महिमा दुई दर्जन नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।
उनले अभिनय गरेका सुब्बासाहेब, ब्लाइफ्रेण्ड सकस, मिसन ४२०, धुम–२ बादशाह लगायतका सिनेमा लोकप्रिय छन् । मोडलिङको रंगीन दुनियाबाट उनी सिनेमा क्षेत्रमा आइपुगेकी हुन । अहिले उनी नेपाल चलचित्रको सुटिङहरुमा नै व्यस्त छिन् ।
अहिले उनी भोजपुरी सिनेमामा व्यस्त छिन् । उनलाई सिनेमा खेल्न अफर पनि त्यतिकै आइरहेको छ । महिमालाई सुन्दरता उचाई र क्षमताले सिनेमा क्षेत्रमा टिकाइरहेको छ ।
५ फिट ५ इन्च अग्ली महिमालाई नया ठाउ“ घुम्न, सपिङ गर्न र सिनेमा हेर्न मन पर्छ ।
सिनेमालाई करिअर बनाएर अघि बढेकी महिमाले यसैलाई नै आफनो भविष्यको करिअर बनाएर लैजाने बताइन । ‘सिनेमा कै लागी जन्मिएको जस्तो लाग्छ’ उनले भनिन–‘मेरो नसा नसामा सिनेमा कुदीरहेको जस्तो लाग्छ ।’
सम्बन्धित खवर
-
टेक्सस नेपाली समाज टेक्सस ...
-
टेक्सस– प्रियंका ऐंर ...