अमेरिका– मन पछि उमेर बाधक नहुने रहेछ । यस्तै भयो अमेरिकाको टेनिसीमा बसोबास गर्ने १८ वर्षिय गेरि हार्डविक र ७१ वर्षिया महिला एलमेडाका बीचमा पनि । उनिहरुले २०१५ मा विवाह गरेका थिए । भर्खरमात्रै उनिहरुले बिहेको सातौ वर्षगाठ धुमधाम मनाए । हजुरआमा उमेरकी महिलासंग विवाह गरेको भनेर आलोचना खेपिरहेका बेला यतिबेला सबैको मुख बन्द भएको छ ।
केवल पैसाको लागी विवाह गरेको भन्नेहरुका लागी उनिहरुले मुखमा ताला लगाइदिएका छन् ।
खासमा १८ वर्षिय युवा गेरी र एलमेडाको भेट एलमेडाको छोराको अन्तिम संस्कारको दौरान भएको थियो । भेट भएको केही सातापछि नै उनिहरुको विवाह भएको थियो । यस अघि १८ वर्षिय युवा गेरीको ७६ वर्षिया महिला संग ब्रेकअप भएको थियो । उनिहरु ीववाह बन्धनमा बाधिदा धेरैले त्यतिेबलम आलोचना गरेका थिए ।
तर अहिले उनिहरुको मिलेको जोडी देखेर सबै चुपचाप बनेका छन् । आखिर माया अन्धो नै हुन्छ , न रुप देख्छ नत उमेर नै । यस्तै भनाइ यो जोडीमा पनि लागु भएको छ । यी दुबैको उमेर ५३ वर्षको फरक छ । हजुरआमा र नातीको उमेर जस्तो देखिने यो जोडीले आफनो विवाहको ६ वर्ष पुरा गरे । उनिहरुले सातौ वर्ष प्रवेशलाई उत्सवको रुपमा मनाएका छन् । यो उनिहरुको वैवाहिक समारोहलाई सामाजिक संजालमा धेरैले बधाई दिएका छन ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...