अमेरिका– सामाजिक संजालमा हिजोआज अमेजनका एक डेलिभरि ब्वाईको भिडियो सामाजिक संजालमा भाइरल छ ।
यी युवाले अमेजनको डेलिभरि भ्यानको पछाडीबाट एक महिलालाई बाहिर निकाल्दै गरेको भिडियो बाहिर आएको छ । उनले भ्यानको ढोका समातेका छन् र महिला भ्यानबाट झरेर गएकी छिन् । कालो रंगको पहिरन लगाएकी महिला चुपचाप भ्यानबाट निस्केर सडकमा हिडदै गरेको देखिन्छन् । लोकप्रिय मोवाइल एप टिकटकबाट साता दिन अघि भाइरल भएको यो भिडियो फलोरिडामा कैद गरिएको हो । सडकको किनारमा रहेको अपार्टमेन्टमा बस्ने एक व्यक्तिले उक्त भिडियो बनाएका हुन ।
एक युवतिसंग भ्यान भित्रै रोमान्स गदै गर्दा समातिएका उनलाई अमेजनले जागीरबाट समेत निकालिदिएको छ ।
यो भिडियो सबैभन्दा पहिला २४ अक्टोबरमा टिकटकमा शेयर भएको थियो । त्यसपछि यो भिडियो भाइरल हुदै अन्य सामाजिक संजालमा पनि भाइरल भएको थियो । कतिपयले यो भिडियो देखेपछि कमेन्ट पनि लेखे– ‘यही कारणले अर्डर ढिला आएको रहेछ ।’

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected