अमेरिका–अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्ने एक भारतीय मुलका आइटी पेशामा सलग्न ५५ वर्षिय शंकर नगाप्पा हान्गुडलाई पत्नी तथा तीन छोराछोरीको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय सुनाइएको छ ।
क्यालिफोर्नियाको प्लेसर काउन्टीमा उनलाई ४६ वर्षिया पत्नी ज्योति शकर, २० वर्षिय छोरा वरुम शंकर, १६ वर्षिया छोरी गौरी तथा १३ वर्षिय छोरा निश्चलको हत्या गरेको अभियोगमा जन्मकैदको फैसला सुनाइएको हो ।

समाचार स्रोतका अनुसार उनले दुई वर्ष अघि परिवारका चार सदस्यको हत्या गरे पनि अद्धालतमा मुद्धा चलीरहेको थियो । भर्खरै मात्र उनले आफनो पत्नी तथा तीन छोराछोरीको हत्या गरेको स्वीकार गरेपछि अदालतले जन्मकैदको फैसला सुनाएको हो ।
उनले अदालतमा गरेको दावा अनुसार आफनो आइटीको जागीर गुमेपछि तनावमा थिए । तनावमा मानसिक रुपमा विक्षप्त भएपछि परिवारको सदस्यको हत्या गरेको हत्या गरेको दाबी गरेका छन् । तीन जनाको शब घरकै प्लेटमा र एक जना छोराको शब आफनै कार भित्र प्रहरीले फेला पारेको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected