टेक्सस– टेक्ससको बेल काउन्टी अन्तर्गतको एउटा मेक्सिन रेष्टुरेन्टमा एक ग्राहकले अर्डर गरेको सुप धेरै तातो भएको भन्दै रिसको झोकमा म्यानेजरको मुखमा खनाइदिएकी छिन् ।
यो भिडियो सामाजिक संजाल टिकटकमा भाइरल भएको छ ।
सुप राखिएको भाडोको विक्री तातोले पग्लिएको भन्दै उनले काउन्टरमा आएर उनले सुप सबै म्यानेजरको मुखमा फ्याकी दिएकी हुन । यस्तो हर्कत गर्ने महिलाको पहिचान खुलेको छैन । प्रहरीले उनी माथि अपराधिक काम गरेको भन्दै वारेन्ट जारी गरेको छ ।
रेष्टुराकी म्यानेजर बोरल्यान्ड समक्ष उनी सुपको विषयमा बहस गर्न काउन्टरमा पुगेकी थिइन । आक्रोसीत देखिएकी ति महिला ग्राहकले म्यानेजर समक्ष रिस पोखीरहेकी थिइन । म्यानेजरले उनको रिस शान्त पार्न अर्को सुप पुनः तयार पारिदिने बताएकी थिइन । तर आक्रोसित देखिएकी ति महिला ग्राहकले कुरा नै नसुनी सिधै सुपको भाडो म्यानेजरको मुखमा खनाइदिएकी थिइन ।
सुप अनुहारमा परेपछि म्यानेजरको आखा पोल्ने र निकै असहज महसुस गरेकी थिइन । सुप केही सेलाइसकेकोले उनको अनुहार जल्न पाएन । सुप फ्याकेर भागे पनि उनी सिसिटिभी फुटेजमा कैद भएकी छिन् । सामाचार अनुसार यस्तो हर्कत गर्ने महिला एक अस्पतालकी नर्स भएको बताइएको छ । प्रहरीले उनको खोजी गरेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected