अमेरिका– द अमेरिकन ड्रीमको नामले चिनिने लिमोजिन विश्वकै लामो कार मानिन्छ ।
यो कारले सन् १९८६मा आफनो नाम गिनिज बल्र्ड रेकर्डमा समेत आफनो नाम लेखाएको थियो ।
यो कारको लम्बाई सय फिट रहेको छ । यो करमा २६ टायर छ भने दुबैतिरबाट ड्राइभ गर्न सकिन्छ । कारमा हेलिप्याड देखि स्वीमिङ पुलसम्मको सुविधा रहेको छ । त्यस्तै गल्फ कोर्स, वाथटप, ज्याकुजी लगायत सबै सुविधा रहेको छ । कारमा ७० जना सजिलै बस्न सक्छन् । अगाडी पछाडी आठ वटा इन्जिन रहेको कार बीचबाट पनि मोडिन सक्छ

यो कार कुनै कम्पनीको नभई एक जना चर्चित अमेरिकन डिजाइनर जे ओरबर्गले डिजाइन गरेका हुन । अमेरिकाको क्यालिफोर्नियमा बस्ने जे कारका शौखिन हुन । त्यही शोक पुरा गर्न उनले यस्तो शानदार डिजाइन गरे । १९८० मा डिजाइन भए पनि यो कारण डिजाइन साल भने १९९२ हो । यो कार विशेष गरि सिनेमाको प्रयोग गर्ने उद्देश्यले बनाइएको थियो । यो कार १४ हजार प्रति घन्टाको दरले भाडामा दिने गरिन्थयो । पार्किङको समस्या र फिल्ममा डिमान्ड कम हुन थालेपछि कार यतिकै थन्किएको थियो । सग्रहालयले कबाडी भइसकेको कार किनेको छ र कार मर्मतको काम थालेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected