अमेरिका– अमेरिकाको नेब्रास्काको लिंङकन चिल्ड्रेन जुमा कोरोना संक्रमणबाट तीन हिउचितुवाको मुत्यु भएको पृष्ठि भएको छ ।
नेशनल जु ले दिएको जानकारी अनुसार रेन्नी, एभरेष्ट तथा मकालु नामका तीन हिउचितुवाको मुत्यु भएको हो । अति दुर्लभ मानिने हिउचितुवा संसारमा लोप हुने अवस्थामा समेत रहेको छ । कोरोनाबाट मुत्यु हुने यो ज्यादै नै हदयविदारक भएको बताइएको छ । यी तीन हिउचितुवामा कोरोना कसरी संक्रमण भयो भन्ने बारेमा भने केही खुलेको छैन । गत वर्ष पनि लुइजभिल जुमा हिउचितुवामा कोरोना संक्रमण भई निको भएको थियो ।
सर्वसाधारणका लागी खुल्ला गरिएको यो जु मा पशुपक्षीमा कोरोना संक्रमण देखिएपछि सावधानी अपनाउन थालिएको छ ।
यही जु मा दुई वाघमा समेत कोरोना देखिएपछि उपचार थालिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected