अमेरिका- अमेरिकामा पछिल्लो समय अध्यागमन हिरासत भरिएपछि कागजपत्र बिहिन कतिपय आप्रवासीलाई देश निकाला समेत गरिएको छ ।
बाइडेन प्रशासनले मेक्सिको सिमामा पक्राउ परेकालाई ट्रम्पकालिन आदेशलाई आधार मान्दै देशनिकाला गरिरहेको छ ।
डिर्पाटमेन्ट अफ होम ल्यान्ड सेक्युरिटी सेक्रेटरी अलेहान्द्रो मेयरकासले भने सिनेटको न्यायिक समितिलाई १२ लाख गैरकानुनी आप्रवासीलाई सबैलाई देश निकाला गर्न नहुने बताएका छन् ।
उनले अमेरिकाको अध्यागनम प्रणाली भंग भएकोले र अन्तिम हटाउने आदेश भएका सबै गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न नहुने बताएका हुन ।
न्यायिक समितिले उनी माथि प्रश्न सोध्दा अलेहान्द्रोले जसले सार्वजनिक सुरक्षालाई खतरा पार्छ, राष्ट्रिय सुरक्षा र सिमा सुरक्षालाई खतरामा पार्छ उनिहरुलाई अमेरिकाबाट निकालिनु पर्ने बताएका थिए । पछिल्लो समय अमेरिकामा कागजपत्र बिहीन आप्रवासीको चाप बढेपछि देश निकाला गर्ने क्रम बढीरहेको छ । यही क्रममा होमल्यान्ड सेक्युरिटीका सेक्रेटरी अलेन्द्रोले १२ मिलियन सबै कागजपत्र बिहिनलाई देश निकाला गर्न नहुनेमा जोड दिएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected