अमेरिका– अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ले कोरोना भाइरसको डेल्टा भेरियन्टले गर्भवति महिलालाई खतरा बढाइरहेको बताएको छ ।
केन्द्रको रिपोर्ट अनुसार डेल्टा भेरियन्टबाट संक्रमण हुने महिला मध्ये एक हजारमा २५ जनाको ज्यान गइरहेको छ । डेल्टा भेरियन्टबाट गर्भवति महिलाको पाच गुणा धेरै मुत्यु भएको छ ।
डेली मेलको रिपोर्ट अनुसार अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले कोरोना संक्रमण गर्भवति महिलाका लागी पहिला नै खतरा रहेको र डेल्टा भेरियन्टले झै खतरा बढाएको बताएको छ । सिडिसिले २०२० मार्च तथा २०२१ सेप्टेम्बरमा एउटा ठुलो अस्पतालमा १२ लाख प्रसव महिलामा गरिएको तथ्याङकमा आधारित छ ।
सुरुमा कोरोना संक्रमणबाट १ हजार गर्भवति महिलामा पाच जनाको मुत्यु हुदै आएकोमा डेल्टा प्रकोप पछि बढेर २५ जना पुगेको छ । शोधकर्ताका अनुसार शिशुको जन्मको समय अर्थात गर्भावस्थाको आखिरी दिनमा जो महिला भाइरसबाट संक्रमीत भए तिनिनहरुमा मृत शिशुको जन्म दिने खतरा पनि दुई गुना बढेको छ ।
अमेरिकी सरकारको अध्ययन अनुसार कोरोना संक्रमीत महिलामा गर्भपात हुने र मृत शिशु जन्माउने जोखिम स्वास्थ महिलामा दुई गुना बढी रहेको छ भने डेल्टा भेरियन्टको प्रभाव बढी छ ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...