अमेरिका– अमेरिकी भ्याक्सिन तथा औषधी कम्पनी फाइजरले उत्पादन गरेको एन्टीभाइरल खाने चक्कीको प्रयोगले कोरानाबाट ज्यान जाने जोखिम ९० प्रतिशत कम देखिएको छ ।
फाइजरले ७७५ जना व्यस्कहरुमा गरेको अध्ययनमा यो चक्की सेवन पछि अस्पताल जाने या मुत्यु हुने संख्यामा यसरी कमी देखिएको हो । फाइजरको यो खाने चक्की ब्रिटेनमा प्रयोगका अनुमति दिइससकिएको छ । अब अमेरिकामा पनि छिट्टै कोरोना विरुद्धको यो खाने औषधी प्रयोगको अनुमति दिइने अनुमान गरिएको छ । एफडिएले यसलाई महिना दिन भित्रमा प्रयोगको अनुमति दिन सक्ने बताइएको छ ।
फाइजरको यो औषधीको अमेरिकी शेयर बजारमा शेयरको भाउ १३ प्रतिशत बढेर ४९ दशमलव ४७ डलर पुगेको छ ।
अमेरिकामा दुई वर्ष पहिला नै कोरोना संक्रमण फैलिन थालेपछि सर्वसाधारण तथा स्वास्थय संगठनहरुले यस्तो चक्की औषधीको माग गदै आएका थिए । अमेरिकामा कोरोना विरुद्धको भ्याक्सिन आए पनि औषधीको रुपमा चक्की भने आएको छैन । अब फाइजरको यो चक्की औषधीले कोरोनाको जोखिम कम गर्न थप मदत पुग्ने विश्वास गरिएको छ ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...