अमेरिकामा नेपाली मुलकी कलाकार कविनालाई अमेरिकी सरकारबाट सम्मानित
अमेरिका– नेपाली कला , संस्कृति र भेषभुषालाई अन्तराष्ट्रिय मञ्चबाट सबैतिर चिनाउन सफल नेपाली कलाकार कविना महर्जन अमेरिकी सरकारबाट एउटा अर्वाड मार्फत सम्मानित भएकी छिन् ।
नेपाली मौलिक कला र संस्कृतिलाई अमेरिकामा रहेर विश्व माझ परिचित गराउन सफल कविना अमेरिकी राष्ट्रपति लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्ममानित भएकी हुन ।
अमेरिकामा खास गरी उनले मञ्जुश्री, कुमारी नृत्य संगै विभिन्न नेपाली जनजातीका नृत्य तथा धािर्मक र पौराणिक नृत्यहरु स्टेजमा प्रस्तुत गदै आएकी छिन् । उनको परम्परागत र हराउदै गएको संस्कृति प्रतिको सम्मान गदै अमेरिकी सरकारले यस्तो अर्वाड दिएको हो । उनले अमेरिकामा हुने प्राय हरेक कार्यक्रममा नेपालको मौलिक कला र सस्कृति पस्कदै आएकी छिन् । अमेरिकी सरकारबाट लाइभ टाइम एचिभमेन्ट अवार्ड पाउने पहिलो नेपाली मुलकी कलाकार बनेकी छिन् ।
ललितपुर खोकना जन्मथलो भएकी कविना अमेरिकाको न्युजर्सिमा परिवार सहित बसोबास गदै आएकी छिन् । उनले यस अघि पनि कला क्षेत्रबाटै पुरस्कार र सम्मान पाइसकेकी छिन् ।
सम्बन्धित खवर
-
गणतन्त्र आएको मेरो देशमा बर्षौ ...
-
अमेरिका– शिव शर्मा ए परान ! ...