सुनेको गणतन्त्र र बन्न पुगेको गणतन्त्र
गणतन्त्र आएको मेरो देशमा बर्षौ भईसक्यो ! खै कस्तो हो गणतन्त्र के हो गणतन्त्र जनता र देशको लागी गणतन्त्र को परिभाषा वास्तविकता भन्दा अली फरक छ ।व्यत्ती स्वतन्त्रताको अधिकार हुने छ भनियो ।जनताले देखेको गणतन्त्र र सुनेको गणतन्त्र मा धेरै असमानता छ । सुनेको गणतन्त्र मा सुन्दर नेपाल विकसित रास्ट्र देश भित्र प्रसस्त रोजगारी विकास का ठुला र नौला परियोजना त्यस भित्र लाखौ नेपाली युवाहरुको लागी रोजगारी का साथै विदेशिएका ६०/७० लाख नेपाली दाजुभाई हरु को पसिना आफ्नै देशको माटो मा लगानी गरेर सुन्दर नेपाल को परिकल्पना थियो । देशका कुना कुनामा बाटो घाटो विजुली बत्ती स्कुल स्वास्थ्य चौकी हरु हुने छन शहरहरु युरोप र अमेरिका का जस्ता चिल्ला हुने छन स्मार्ट सिटी नाम दिईने छ भनिएको थियो । महिला लाई समान अधिकार दिईने छ महिला को सुरक्षा को लागी छुट्टै कानुन लेख्ने छौ कोही पनी चेली बलत्कार हुने छैनन् समाजिक अथवा घरेलु हिंस्सा लाई देश समाज र घर बाट सदाको लागी अन्त गरिने छ । शिक्षालाई अन्तरास्टिय मापदण्ड अनुसार सुधार गरिने छ भनियो कुनै जनताको छोरी छोरी शिक्षा बाट वन्चित गरिने छैनन् रोग बाट मर्न दिईने छैन भोकै रहनु पर्ने छैन भनियो ! सुनेको गणतन्त्र को परिभाषा हामी ले यसरी सुनेका थियौ।
तर हामीले सुनेको वास्तविकता भन्दा विलकुलै फरक सत्तापक्षले संचालन गरेको यो प्रणाली आज बदनाम भएको छ । संघीय गणतान्त्रीक लोकतन्त्र को वास्तविक अर्थ आफैमा सुन्दर छ !यो प्रणाली को व्यवहारीक पक्ष देश र जनताको पक्षमा हुनुपर्ने हो ,अर्थ पनी यही हुनुपर्ने हो ।तर यहाॅ व्यवहार र अर्थ नै नमिल्ने गरी सत्ता संन्चालन भएको छ यही व्यवस्थाको दासत्व मा हामी बाच्नु परेको कुरा साॅचो हो । बोल्न र लेख्न पाईन्छ भनियो तर आज सत्यकुरा बोल्दा वा लेख्दा सत्ता पक्ष बाट जेल हाल्ने धम्की ॲाउदछ व्यक्ती स्वतन्त्रता को अधिकार नै खोसिएको छ । हाम्रा चेलीहरु सुरक्षित रहने छन् भनेर हामीले भन्न सक्ने ठोक कारण हामी संग छैन बाटो बाटोमा देशका कुना कुना मा हाम्रा चेली हरु कुनै कुनै बहाना मा सत्ता संग सम्बधित व्यक्ती बाट बलत्कार हुने गरेका छन ति चेलीहरुको लागी न्याय माग्दा गोली हानेर हत्या गरिएको हामी संग धेरै घटना हरु छन ।महिला अधिकार र हिंसाका कुरा हामीले कुन अर्थ बाट गर्ने जब एक महिला बलत्कार भएर मर्छ अनी उसले न्याय माग्दा सत्तापक्ष बाट गोली चल्दछ भने ! विकास निर्माण का कुरा गर्दा हामीलाई लुटिएको महसुस हुन्छ वडा देखी केन्द्र सम्म जनता को पसिनाको सत्ता पक्ष विलासिता को जिवन बाॅच्न को निमित्त राज्यको ढुकुटी नै पैत्रिक सम्पत्ती हो भन्दै छ । युरोप र अमेरिका को जस्तो चिप्लो सडक सहर मा बनेको छैन बरु हिड्दा चिप्लिएर ज्यान गुमाउने को संख्या बढेको छ ! सहर गाॅउ बस्तीमा मा आज सम्मको मितीमा ५० सौ हजार नेपालीले सडक दुर्घटना मा ज्यान गुमाएका छन् । रोजगारी श्रृजना गरेर एक करोड युवा लाई रोजगारी दिने वैदेशिक रोजगार परनिर्भरता लाई अन्त गर्ने भनेको थियो यो सत्तापक्ष ले तर आज भएको युवा लाई वेरोजगार बनाएर मलेसिया साउदी अरब खाडी मुलुक मा पठाउन मेनपावर कम्पनी हरु दर्ता संख्या बढाउदै छ । शिक्षा प्रणाली लाई अन्तरास्ट्रिय स्तरको बनाउने भनिएको मा दैनिक २०/२५ हजार दक्ष जनसक्ती उच्च शिक्षाको लागी अस्टेलिया युरोप र अमेरिका पठाउन को लागी प्रोत्सान गर्दै बैक र वित्तिय संस्था लाई ऋण उपलब्ध गराएर अरबौ रुपैया विदेश पठाउने काम हुदैछ , यहा भएका विश्वविध्यालय हरु लाई राजनितीक भर्ती केन्द्र बनाएर आफ्ना बफादार भारदारहरु लाई पद र पैसा कमाई खाने क्यासिनो मा परिणत गरेको अबस्था छ प्राईमरी र हाईस्कुल हरु लाई व्यक्ती को व्यवसाय गर्ने थलो बनाएर हाम्रा बाबुनानी हरु को शिक्षा पाउने अधिकार माथी खेलवाड हुदैछ्। समानता हुने भनियो तर भेदभाव पुर्ण व्यवहार बाट समाजलाई दुई पाटोमा विभाजन गर्ने प्रयास हुदै राजनैतिक दासत्व स्वकार्ने हरु र नेपाली भएर बाच्ने हरुको समाज। मिलेर बसेके हाम्रो समाज लाई आज जातिय क्षेत्रियता को दर्जा बाट राजनैतिक स्वार्थ पुरा गर्ने हतियार बनाईयो । विकास निर्माण को नाम मा भान्जा भतिज काका मामा को नाम बाट ठेकेदार हरु को जन्म हुदैगरेको हामीले देखेकै छौ साथ साथै नवधनाड्य हरु सत्तापक्षका उदाएका छन् । भ्रस्ट्राचार कहा भएन भनेर भन्ने चोखो एक पनी योजना हरु छैन , चाहे वाईडवडी जहाज एन सि एल रेल बालुवाटार कर्णालजलविधुत मेलम्ची यी त केही मात्र नाम हुन यस्ता असंख्य योजना हरु को नाम मा सत्ता मा रहेका शासक हरु दिनप्रती दिन मोटाउदै गएका छन् । यहा गणतन्त्र आएर देश र जनताले परिवर्तन हैन पिडा बाहेक केही पाएका छैनन् !!
–अमेरिका
)