अमेरिका– अमेरिकामा कोरोना महामारी फैलिदै गएपछि बालबालिकाको संक्रमण दर पनि बढीरहेको छ । अमेरिकन एकडेमी अफ पीडिएट्रिक्सको रिपोर्ट अनुसार गएको साता नोभेम्बर ११ देखि १८ का बीचमा साता दिनमै एक लाख ४१ हजार ९ सय ५ जना बालबालिकामा कोरोना संक्रमणको पृष्ठि भएको हो । बितेको दुई सातामा अमेरिकामा कोरोना संक्रमीत हुने बालबालिकाको संख्या ३२ प्रतिशतले बृृद्धि भएको हो ।
अमेरिकामा बालबालिकाको आवादी २२ प्रतिशत रहेकोमा कोरोनाको चपेटामा तीन प्रतिशत आएका छन् । जस अनुसार अहिलेसम्म कोरोनाबाट ६८ लाख भन्दा बढी बालबालिका संक्रमीत भइसकेका छन् ।

बालबालिकामा मुत्युको जोखिम कम

समाचार एजेन्सी एएपीको रिपोर्ट अनुसार कोरोना संक्रमणबाट बालबालिकामा मुत्यु हुने दर अति न्युन रहेको छ ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार गएको अक्टोबरमा ५ देखि ११ वर्षका ८ हजार ३ सय बालबालिका संक्रमीत भएका थिए । जसमा १ सय ७२ जनाको ज्यान गएको सिडिसीले जनाएको छ । महामारी फैलिएपछि २३ सय स्कुल अमेरिकामा बन्द गरिएको थियो । जसमा १२ लाख बालबालिकाको पढाई प्रभावित भएको थियो । विद्यालय खुलेपछि सक्रमण दर बढेको तथ्याङकले देखाएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected