अमेरिका– अमेरिकाको एरिजोनाको रेगिस्थानमा जहाजहरुको सबैभन्दा ठुलो पार्किङ स्थल बनेको छ । २६ सय एकड जमीनमा फैलिएको यो क्षेत्रमा ४ हजार ४ सय भन्दा बढी हवाईजहान तथा अन्तरिक्ष यानहरु राखिएको छ । बोनयार्डको नामले परिचित यो स्थानलाई विमानहरुको पार्किङ स्थलको रुपमा चिनिन्छ । यो क्षेत्रमा यात्रुबहाक विमान देखि बाम्बर, लडाकु विमानहरु राखिएको छ । यो क्षेत्रमा दोस्रो विश्वयुद्धमा प्रयोग भएका केही विमान पनि राखिएको छ ।
डेविस एयरफोर्स बेस क्याम्पमा रहेको विमानहरुको रेखदेख अमेरिकी बायुसेनाको ३०९ ले गरिहेको छ । बायुसेनाको मर्मत संभार समुहहले यहा“ रहेका विमानहरुको मर्मत गरेर केहीलाई फेरि उडान भर्ने सक्षम बनाउदै आएका छन् । यो पार्किङ स्थलमा रहेका विमानहरुको कुल मुल्य ३५ बिलियन डलर रहेको छ । यो एयरबेस १९४६ देखि सुरु भएको हो । झण्डै २००० फुटबल मैदान क्षमता रहेको यो स्थानमा हजारौ विमान रहेका छन् ।
मर्मत नहुने विमानहरुको पार्टपुर्जा झिकेर संसारभर सप्लाई गदै आएको छ । यी विमानहरुको पाटपुर्जा दोस्रो विमानहरुको गरिदै आएको छ । विमानहरु रहेको एयरबेसमा ८ सय जना मेकानिकहरुले दिन रात काम गदै आएका छन् । यो विमान एयरबेसको कमान्डर कर्नेल जेनिफर बरनार्ड रहेका छन् । उनले यी विमानहरुको मर्मत संभार अफिसरको रुपमा २५ वर्षदेखि सेवा गदै आएका छन् ।

एजेन्सीकेा सहयेागमा

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected