अमेरिका– गैरकानुनी रुपमा अमेरिकाको भर्जिन टापुमा प्रवेश गरेको आरोपमा तीन भारतिय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २५ वर्षिय कृष्णवेन पटेल, २७ वर्षिय निरञ्जनकुमार पटेल र ३९ वर्षिय अशोक कुमार पटेल पक्राउ परेको पृष्ठी भएको हो । समाचार स्रोतका अनुसार उनिहरु फलोरिडाको फोर्ट लाउडरडेलका लागी उडानका क्रममा विमान चढेन क्रममा भर्जिन टापुको सेन्ट क्रोक्स विमानस्थलबाट समातिएका हुन । पक्राउ परेका उनिहरुलाई अदालतमा समेत पेश गरिएको छ
विमान चढेन क्रममा चेकजाच गर्दा उनिहरुको सवारी चालक अनुमतिपत्र समेत अवैध भेटिएको छ । त्यसो त यस अघि पनि २०१९ मा उनिहरुलाई क्यालिफोर्नियामा हिरासतमा लिइएको थियो । हिरासतमा लिएपछि उनिहरुलाई भारत फिर्ता पठाउने प्रकृया चलेको थियो । पछि उनिहरुलाई अमेरिकाबाट भारत पठाइएको थियो ।
तीन जना माथि नक्कली दस्तावेज प्रयोग गर्ने तथा अमेरिकामा कोही विदेशीको सहयोगका लागी पुनः अमेरिका प्रवेश गरेको आरोप लगाइएको छ । अमेरिकाको न्याय मन्त्रालयले उनिहरु दोषी ठहरिएको खण्डमा दस वर्ष सम्मको जेल सजाय र पछि भारत डिपोट हुन सक्ने बताएको छ ।

एजेन्सीकेा सहयेागमा

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected