अमेरिकामा मुखमा मास्कको सट्टा प्रेमिकाको अन्डबियर लगाएपछि जहाजबाट निकालिए युवा
अमेरिका– अमेरिकामा एउटा अनौठो घटना सामाजिक संजालमा यतिबेला भाइरल भएको छ ।
फलोरिडाको मियामीका ३८ वर्षिय एडम जेने नामका व्यक्तिले युनाइटेड एयरलायन्सको मार्फत बासिङटन डिसी जाने तयारीमा थिए । समाचार एजेन्सीका अनुसार उनले उडानमा मास्कको सट्टा प्रेमिकाको रातो अन्डरबियर मुखमा लगाएका थिए ।
उनले रातो रंगको अन्डरबियर आफनो मुखमा लगाएका थिए । उनले जहाजको सिटमा आराम संग बसिरहेका थिए । उनलाई देखेपछि जहाजका एयरहोस्टेज तथा क्रयु मेम्बरलाई पाच्य भएन । त्यो देखेपछि उनलाई मास्क परिवर्तन गर्न आग्रह गरे ।
अन्डरबियरलाई मास्क जस्तै लगाउनु नियमको उल्लघन हो भन्दा पनि उनले सुनेनन । उल्टै बहस गर्न थाले । कसैले यसको भिडियो बनाएर ट्वीटरमा शेयर गरिदिए ।
उनले अन्डरबियरले पनि आफनो मुख ढाकिएको भन्दै कुनै नियमको उल्लघन नगरेको भन्दै जिकिर गरिरहे । पछि उनलाई प्रहरीको सहयोगमा जहाजको उल्लघन गरेको भन्दै जहाजबाट बाहिर निकालिएको थियो । कोरानाको गाइडलाइन उल्लघन गरेको भन्दै घटनाको छानवीन गर्ने समय सम्मका लागी उनलाई उक्त एयरलायन्सको उडानमा रोक लगाइएको छ ।
तस्वीर ट्वीटर
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...