अमेरिका– डरलाग्दो दुर्घटनामा चार जनाको ज्यान गएपछि २६ वर्षिय ट्रक चालकलाई ११० वर्षको जेल सजाय सुनाइपछि अमेरिकाका सर्वसाधारणले हस्ताक्षर अभियान सुरु गरेका छन् ।
उनको सजाय घटाउनुपर्ने भन्दै उनको पक्षमा याचना गदै अहिलेसम्म ४० लाख भन्दा बढी अमेरिकनहरुले अभियानमा हस्ताक्षर गरेका छन् ।
२०१९ अप्रिल २५ मा रोजेल एगलेरा मेडेरोसले ट्रक चलाउदा कोलो डेनभर नजिकैको हाइवे ७० मा उनको ट्रक धेरै कारहरुमा ठोक्किएर चार जनाको घटनास्थलमा मुत्यु भएको थियो । ब्रेक फेल भएर ट्रकले नियन्त्रण गुमाएपछि भएको दुर्घटनामा उनलाई अदालतले सवारी हमला सहित हत्याको अभियोगमा ११० वर्षको जेल सजाय सुनाइएपछि उनी अदालत परिसरमा रुदै आफु हत्यारा नभएको बताउदै थिए । उनले नियतवश नभई ब्रेकफेल भएर भएको दुर्घटना भन्दै अदालतमा भावुक बनेका थिए । सजाय ज्यादा भएको भन्दै उनले न्यायधिस समक्ष याचना गरेका थिए ।
उनलाई भुलवश भएको दुर्घटनामा अधिक सजाय सुनाइपछि क्लोराडोका ट्रक चालकहरुले विरोध गदै सडकमा ठुलो ट्रकहरु लाम लगाएर विरोध गरेका थिए ।

उक्त दुर्घटनामा २८ वटा सवारी साधनमा क्षति पुगेको थियो । केही सवारी दुर्घटना पश्चात ध्वस्त भएका थिए । दुर्घटनामा ६१,६७, ६९ र २४ वर्षका व्यक्तिहरु मुत्यु भएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected