टेक्सस– हरेक श्रीमान र श्रीमितलाई बाबु आमा बन्ने चाहना हुन्छ । तर यहा“ अमेरिकाको टेक्ससको डयालसमा यी बाबुआमालाई एउटा हैन दर्जन सन्तान धेरै सन्तान बनाउने इच्छा छ । त्यही इच्छा अनुरुप टेक्ससको डयालसकी २९ वर्षिया यालेन्सिया रोसारियो र उनको ३६ वर्षका श्रीमान माइकल आठ सन्तानका बाबुआमा हुन । उनिहरुको आठ जना सबै छोरा रहेका छन् ।
आठ बच्चा बच्चीका बाबुआमा रहेका उनिहरुको फेरि नवौ सन्तानको जन्म हुदैछ । पत्नी यालेन्सिया गर्भवति छिन र उनले छोरा जन्माउदैछिन् । उनिहरुको चाहना एक दर्जन बच्चाबच्ची होस भन्ने रहेको छ । यी जोडीले सोसल मिडिया मार्फत यस्तो खुलासा गरेका हुन ।
उनिहरुको सबैभन्दा ठुलो छोरा १२ वर्ष र सानो ५ वर्षको रहेको छ । यस अघि उनिहरुले जन्म दिएको चौथो छोराको मुत्यु भएको थियो । सोसल मिडियो इन्स्ट्रागाममा उनिहरुलाई फुटबल टिम बनाउन सल्लाह दिन्छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected