अमेरिकाले बंगादेशमा मारिएका ब्लगर रायको हत्याराको सुराकी दिनेलाई ५० लाख डलर पुरस्कार दिने
अमेरिका– अमेरिकाले बंगलादेशमा अमेरिकी नागरिक ब्लगर समेत रहेका अविजित राय को हत्याराको सुराक दिनेलाई ५० लाख डलरको पुरस्कार दिने घोषणा गरेको छ।
अमेरिकाको विदेश मन्त्रालयको रिवार्ड फर जस्टिस कार्यक्रमले सोमबार एक ट्वीट गदै यस्तो पुरस्कार दिने घोषणा गरेको हो । हत्यामा सामेल सैयद जियाउल हक तथा अकरम हुसैनको बारेमा जानकारी दिनेलाई ५० लाख डलर पुरस्कार दिने बताएको हो । यी दुबै जना फरार रहेका छन् । यी दुबैको जानकारी दिनेलाई अमेरिकाले यो पुरस्कार दिने बताएको छ ।
सन् २०१५ मा अमेरिकी नागरिक अभिजित रायको पासविक तवरले आतंककारीले बंगलादेशको ढाकामा हत्या गरेकेा थियो । उक्त आक्रमणमा उनकी पत्नी राफिदा पनि गंभीर रुपमा घाइते भएकी थिइन ।
उनलाई अलकायदा संग सम्बन्धीत व्यक्तिहरुले ढाकाको पुस्नतक मेलाबाट फर्कदै गर्दा उनको हत्या गरेका थिए । बंगलादेश अदालतले यो घटनामा ६ जनालाई दोषी ठहराएको थियो ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...