अमेरिकामा ३७ वर्षिय पुरुषले जन्माए छोरा
अमेरिका–विज्ञानले समाजमा चमत्कार गरिहेको छ । यस्तै चमत्कार पुरुषलाई महिला र महिलालाई पुरुष समेत बनाएर चमत्कार गरिरहेका छन् । यस्तै चमत्कार एउटा अमेरिकाका ट्रान्सजेन्डर पुरुषबाट भएको छ । ति ट्रान्सजेन्डर पुरुषले छोरालाई जन्मदिएपछि सबैलाई अचम्मित बनाएको छ । २०२० मा छोार जन्मिए पनि हालै मात्रै छोराको जन्मदिनमा यो कुरा शेयर गरेपछि यो रहस्य बाहिर आएको हो ।
अमेरिकाको लसएन्जलसमा बसोबास गर्ने ३७ वर्षिय बेनेट कास्पर विलियम एक ट्रान्सजेन्डर पुरुष हुन । सात वर्ष अघि उनी एक महिला थिए । लाखौ डलर खर्च गरेर ब्रेस्ट सर्जरी गरेर हटाएका थिए । तर उनले स्त्रीको प्राइभेट पार्ट भने परिवर्तन गरेका थिएनन । किनकी उनलाई बच्चा जन्माएर आमा बन्ने सौख थियो । २०१७ मा उनको मालक नामका व्यक्ति संग भेट भयो । दुबै जना एक अर्कोको प्रेममा परे ।
ट्रान्सजेन्डर पुरुष रहेका उनलाई अस्पतालमा बच्चा भएपछि उनलाई बच्चाको पिता भन्दा पनि आमा भनेर अरुले बोलाउन थाले । उनलाई यो ठिक लागेन । डेली मेलको रिपोर्ट अनुसार उनले यसमा आपत्ती जनाउदै केवल नारी मात्र नभई हरेक मानवले बच्चा जन्माउन सक्छ यदि उसभित्र मातृत्व छ भने । उनले केवल महिला मात्रै आमा बन्न नसक्ने बताउदै उनले जो मान्छे पनि आमा बन्न सक्ने जिकिर गरे ।
उनले मातृत्व भाव केवल महिलामा मात्र नभई पुरुषमा पनि पैदा हुने डेली मेलको एक रिपोर्टमा बताएका छन् ।
एजेन्सीकेा सहयेागमा