अमेरिका–वेलेन्टीना ओरेलाना पेराल्टा, १४ वर्षिया किशोरी हुन । यसैवर्ष मात्र उनी चिलीबाट अमेरिकाको लस एन्जलस आइपुगेकी थिइन । उनको सपना अमेरिकी नागरिक र इन्जियिनर बन्ने थियो । तर क्रिसमसको दुई दिन अघि उनको सबै सपना अन्त्य भयो ।
लस एन्जलसमा एक जना प्रहरीले डिपार्टमेन्टल स्टोर भित्र एक व्यक्तिलाई गोली चलाउदा यिनै १४ वर्षिया किशोरीलाई लाग्यो र उनको ज्यान गयो ।
आखामा आसु लिएर यतिबेला उनका आमाबाबु छोरीको न्यायका लागी गुहार मागी रहेका छन् । उनिहरुले यो वर्षको छोरीको क्रिसमस गिफ्ट खोल्न नपाई छोरीले ससार छाडने पुगेको भावुक हुदै सुनाए । मृतक किशोरीका पिताले छोरीको वेदना सुनाउदै भने– मलाई यस्तो महसुस भएको छ , कसैले मेरो शरीरबाट मेरो हदयलाई निकाली दिए । प्लाष्टिकमा ¥यापीङ गरेको क्रिसमस गिफट जस्ताको त्यस्तै छ ।

एजेन्सी सहयेागमा

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected