अमेरिका– अमेरिकामा हवाई उडानका क्रममा एक महिलाले आफुलाई बाथरुममा बन्द गरिन । हवाई उडानका क्रममा उनको कोभिड रिपोर्ट पोजिटिभ आएको थियो उनले आफुलाई पाच घन्टा सम्म जहाजको बाथरुममा आइसोलेट गरिन ।
समाचार अनुसार शिकागोबाट आइसलेन्ड जादै गरेकी मारिसा फोटिओ पेशाले शिक्षिका थिइन । यात्राको दौरान उनलाई गलामा दुखाई महसुस भएपछि कोभिड परीषण गराउदा पोजेटिभ देखियो । आफनो रिपोर्ट देखेर उनको होस उडयो र यात्राका क्रममा उनले आफुलाई बाथरुमा बन्द गरिन ।
यात्रा अगाडी नै उनले पीसिआर टेस्ट र पाच वटा रेपिट टेस्ट गराएकी थिइन । सबै रिपोर्ट नेगेटिभ आएको थियो । हालै यात्रा सुरु भएपछिको केही समय पछि उनलाई असहज महसुस भयो । फलाइटका सदस्यलाई जानकारी दिइन । उडीरहेको फलाइटमै उनको कोभिड टेस्ट गराइयो । तर जाचका क्रममा उनको रिपोर्ट पोजेटिभ आयो । विमानमा यात्रा गरिरहेकाहरुको जिन्दगीलाई खतरामा नराख्ने भन्दै उनले विमानको बाथरुममा आफुलाई आइसोलेट गरिन ।
उनले कोरोना विरुद्धको बुष्टर डोजको भ्याक्सिन समेत लिइसकेकी थिइन । आन्द्रा महासागरको माथि हवाइृ जहाजको बाथरुममा बसेकी उनी आफनो रिपोर्ट देखेर आश्चर्यचकीत बनिन । बाथरुमको ढोकामा सुचना टासिएको थियो । विमान उर्तिएपछि उनी सबै झरेपछि अन्तमा बाथरुमबाट बाहिर निस्किन ।

एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected