अमेरिका– अमेरिकाको न्युयोर्कमा गीत गाउदा गाउदै गायक राजेशपायल राई माथि हातपात गर्ने पासाङ दावा दोर्जेले सार्वजनिक रुपमा माफी मागेका छन् ।
गायक राजेश पायल राईले मान्छेबाट गल्ती हुन्छ भन्दै उनलाई माफी दिएका छन् । आयोजकले समेत गायक राई माथि भएको घटना प्रति सार्वजनिक माफी मागेका छन् ।
न्युयोर्कमा नया वर्ष २०२२ को पुर्व सन्ध्यामा भएको कन्सर्टमा उनी माथि दोर्जेले पछाडीबाट आएर घाटीमा समातेर ¥याकेका थिए ।
यस अघि घटनालाई आयोजकले सामान्य भन्दै गंभीर रुपमा नलिई लुकाउन खोजेका थिए । सर्वत्र घटनाको चर्को विरोध र आक्रमणकारीलाई कार्वाही गर्नुपर्ने दबाब आएपछि आईतबार एक सार्वजनिक कार्यक्रम गरेर दोर्जे सहित बुद्ध ट्याक्सले माफी मागेको हो ।
गायक राईले अव उपरान्त दोर्जेलाई गाली नगर्न र उनीबाट अन्जानमा गल्ती भएको भन्दै माफी दिन सबैलाई आग्रह समेत गरेका छन् ।
मानिसबाट गल्ती हुन्छ र त्यसलाई महसुस गरि कसैले माफी माग्छ भने हामीले दिनुपर्छ, राईले भने– उहा“बाट पनि जाज अन्जानमा गल्ती भयो र उहाले पनि गल्तीको महसुस गरेर माफी मागीसकेकोले हामीले माफी दिएका छौ ।’
कन्र्सटको क्रममा राई माथि आक्रमण भएपछि अमेरिका सगै नेपालमा रहेका कलाकार तथा कलाकारसंग सम्बन्धीत संघ संस्थाले दोषी माथि कानुनी कार्वाही गर्न माग गरेका थिए । चौतर्फी विरोध र आक्रोस व्यक्त भएपछि आयोजकले समेत घटना प्रति सार्र्वजनिक रुपमा माफी मागीसकेको छ ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...