टेक्सस– अमेरिकाको टेक्ससमा एउटा अनौठो घटना बाहिर आएको छ । यो सुन्दा कतिपयलाई झुठो जस्तो पनि लाग्ला । तर यो यथार्थ हो । अमेरिकाको टेक्ससको टेक्सारक्याना गएको बुधबार यहा आधी सहितको वर्षामा आकाशबाट माछाको वर्षा भएको थियो । यो क्षेत्रमा एक साथ दुई आधी आएको थियो । आधी रोकिए लगत्तै सडकमा सयौ माछाहरु खसेको भेटिएको थियो ।
यो वर्षालाई पशु वर्षाको नामले पनि चिनिने गर्छ । अर्कान्सस सम्म फैलिएको यो सहरका बासिन्दाले यो घटनालाई सोसल मिडियामा समेत शेयर गरेका छन् । माछा संग सम्बन्धीत भिडियो र फोटो शेयर गरेका छन् ।
टेक्सारक्याना सहरको आधीकारिक फेसबुक पेजमा गरिएको पोष्टमा आज टेक्सारक्याना माछाको वर्षा भएको बताइएको छ । यो पेजमा घास माथि खसेको एउटा माछाको तस्विर पनि शेयर भएको छ ।
प्रत्यक्षर्शिहरुले समेत घटनालाई यथार्थ भएको भन्दै संचारमाध्यमलाई जानकारी दिएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected