अमेरिका– अमेरिका स्थित आरहुस विश्वविद्यलायका शोधकर्ताको एउटा नया अध्ययनमा सन्तुलित भोजनले मस्तिष्क अर्थात दिमागमा रगत जम्ने खतरा कम हुने गरेको छ ।
सार्वजनिक स्वास्थय विभागको तर्फबाट गरिएको यो अध्ययन स्ट्रोक जर्नलमा प्रकाशित भएको छ । अध्ययनमा शाकाहारी खाना अधिक तथा मांसहारी भोजन को सेवन कम गर्नु स्वास्थयका लागी लाभदायक छ भनिएको छ ।
अध्ययनकर्ताका अनुसार यदि बयस्क पुरुष तथा महिला सन्तुलित भोजन अर्थात रेसादार खाना खानेहरुको दिमागमा रगत जम्ने खतरा कम हुने गरेको छ ।
यो नया अध्ययनका लागी शोधकर्ताले डैनिश डायट केन्सर एन्ड हेल्थ पपुलेशन स्टडीको तथ्याङकलाई समेत प्रयोग गरेका छन् । यो अध्ययनमा ५७ हजार ५३ जनालाई शामेल गराईएको थियो । उनिहरुको उमेर ५४ देखि ६४ वर्षको बीचका थिए ।
अध्ययनमा सन्तुलित भोजको मात्रमा साग सब्जी तथा फल खान र कम मात्रमा मासंहारी भोजन गर्न सल्लाह दिइएको छ । सन्तुलित भोजनले आतको स्वास्थ खराबी निको भएर आउने बताइएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected