गर्भावस्थाको समयमा धुम्रपान गर्ने महिलाको जन्मने बच्चामा यस्तो असर

अमेरिका– नया शोधमा गर्भावस्थाको सुरुवातमा धुम्रपान गर्ने महिलाको बच्चा सानो र तौल पनि कम हुने आंशका गरिएको छ ।
पीएलओएस वन र्जनलमा प्रकाशित अध्ययन अनुसार जुन महिाला पहिलो गर्भावस्थाको समयमा धुम्रपान गर्छन उनिहरुको दोस्रो गर्भावस्था पछि जन्मिने बच्चा सानो र तौल पनि कम हुने गरेको तथ्य अध्ययनमा आएको हो ।
दोस्रो गर्भावस्थाको समयमा महिलाले धुम्रपान छाडे पनि उनिहरुको हुन लागेको बच्चामा असर पर्न सक्छ ।
अध्ययनकर्ता डा निसर अलवानका अनुसार गर्भावस्थाको सुरुवातमै धुम्रपानको गंभीर असर पर्छ । यसको असर जन्मिने बच्चा र जन्मको समयमा बच्चाको तौल समेत प्रभावित हुन गरेको छ । बच्चा जन्मेको हप्तामा जति बिकसित हुनुपर्ने थियो, त्यो हुन सक्दैन । गर्भावस्थाको दौरान धुम्रपान नगर्ने महिलामा यस्तो खतरा कम हुन्छ । यो अध्ययन २००३ देखि २०१८ सम्म १७ हजार आमाहरुमा आधारित रहेको छ ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...