अमेरिका– अमेरिकाको केन्टकी राज्यकी एउटा स्कुलकी शिक्षिकाले आश्चार्य बनाउने कुरा सार्वजनिक गरेकी छिन् ।
केन्टकीकी स्कुलकी शिक्षिका हेना ले आफु स्कुल जानु अघिल्लो रात नै आफु मेकअप गरेर तयारी हुने गरेको खुलासा गरेकी हुन ।
डेली मेलको रिपोर्ट अनुसार उनी स्कुल जानु अघिल्लो रात एक दिन अघि नै तयार हुने गरेकी छिन् । उनले अनुहारमा फाउन्डेन लगाएर तथा कपाललाई टावलले बेरेर सुत्ने गरेकी छिन् । भोलीपल्ट उठेपछि हल्का कपाल मिलाएर उनी अघिल्लो दिनको मेकअप सहित स्कुल पुग्ने गरेकी छिन् । किनकी उनलाई बिहान चाडो उठेर तयार हुन निकै अल्छी लाग्ने गरेको बताएकी छिन् ,। बिहान ढिलो निन्द्रा खुल्ने र तयार हुन समेत समय लाग्ने भएकाले उनी अघिल्लो रात नै मेकअप गरेर सुत्ने गरेकी छिन् । बिहान उठदा उनले अघिल्लो दिन गरेको मेकअप खराब नहुने गरेको उनले बताएकी छिन् ।
स्कुलबाट फर्केपछि उनी मेकअप सफा गर्छिन र फेरि रात परेपछि सुत्ने अघि भोली स्कुलको तयारीका लागी मेकअप गर्छिन । कतिपयले भने लामो समय सम्म मेकअप अनुहारमा रहदा छालामा समस्या आउने प्रतिकृया पनि सोसल मिडियामा उनलाई दिने गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected