अमेरिकी जेलमा ८६ वर्षको सजाय काटीरहेकी को हुन आफिया सिद्धीकी उर्फ लेडी अलकायदा
टेक्सस– पाकिस्तानी नागरिक आफिया सिद्धीकी अहिले फेरि चर्चामा आएकी छिन् । आतंकवादीले उनको रिहाइको माग गरे पछि उनी चर्चामा आएकी हुन ।
अमेरिकाको टेक्ससमा आतंककारीले यहुदी मन्दिरमा हमला गरि चार जनालाई बन्धक बनाएका थिए । ति आतंकारीले चार यहुदीको रिहाईको बदला आफिया सिद्धीकीको रिहाइको माग गरेका थिए । आफिया सिद्धकी अमेरिकाको जेलमा बन्धक छिन् । उनी माथि अमेरिकी सैन्य अधिकारीको विरुद्ध षडयन्त्र रच्ने र आक्रमण गर्न कोसिस गरेकोमा दोषी ठहराइएको छ । न्युयोर्क अदालतले सिद्धीकीलाई ८६ वर्षको जेल सजाय सुनाएको थियो ।
सिद्धीकी पाकिस्तानी नागरिक र पेशाले न्युरो वैज्ञानिक हुन । सिद्धिकीले अमेरिकाको म्यासाच्युसेटस इन्स्टयुच्युट एन्ड टेक्नोलोजीबाट न्युरोसाइन्समा पिएडी गरेकी थिइन । उनी पछि अलकायदा संग नजिक रहेको भन्दै अमेरिकाकाले मोस्ट वान्टेट सुचीमा राखेको थियो । यसैले उनलाई लेडी अलकायदको नामले चिनिन थालेको थियो ।
पाकिस्तानमा जन्मेकी उनी १९९० मा विद्यार्थी भिषामा अमेरिकी आएकी थिइन । उनी अमेरिकाको युनिभर्सिटी अफ हयुस्टनमा अध्ययन गरेकी थिइन ।उनको विवाह अमजद खान संग भएको थियो । उनको एक छोरा र छोरी रहेका छन् । अमेरिकामा ९÷११ को हमलापछि उनी पछि सहित अमेरिका छाडेर अफगानिस्तान सिमाको पाकिस्तानी इलाकामा बस्न थालेकी थिइन ।
अमेरिकी सरकारले उनी माथि अमेरिका ब्रिटेन र पाकिस्तानमा अमेरिकी माथि आक्रमण को षडयन्त्र गरेको आरोप लगाएको छ । उनी माथि पानीमा विष मिसाएर लाखौलाई मार्ने योजना बनाएकी थिइन ।
लेडी अलकायदाको नामले उनलाई चिनिन्छ । यिनको नाम २०१८ मा तब चर्चामा आएको थियो । जब एक रिपोर्टमा गरिएको दाबामा पाकीस्तान र अमेरिका बीच एक गोप्य सम्झौतामा डाक्टर शँकिल अहमदलाई मागेको थियो । अलकायदाको प्रमुख ओसामा बिन लादेन पाकिस्तानको एबटावादमा मारिदा डाक्टर शकीलले एउटा फर्जि अभियान चलाएका थिए जहा ओसामाको पहिचान भइसकेको थियो ।
आफिया सिद्धकीलाई खतरानाक मानिदै आएको थियो । उनले एफबिआई अधिकारीलाई ज्यान दिने षडयन्त्र रचेको आरोप छ । २००३ मा पहिलो पटक अमेरिकालाई आफियाको नाम पत्ता लागेको थियो । उनलाई अफगानिस्तानबाट पक्राउ गरि अमेरिका पठाइएको थियो । अहिले अमेरिकामा उनी ८६ वर्षको जेल सजाय काटीरहेकी छिन।
एजेन्सीकेा सहयेागमा