अमेरिका– अमेरिकाका एक व्यक्ति २१ वर्षदेखि अरुकै अनुहार लगाएर हिडीरहेका छन् ।
अमेरिकाको इन्डियानाका ४२ वर्षिय मिच हन्टर एक भयानक दुर्घटनामा परेपछि यस्तो अवस्थाबाट गुज्रेका हुन ।
२१ वर्षको युवा हुदा सडक दुर्घटनामा परेर कार बिजुलीको पोलको तार संग छोइएर १० हजार भोल्टको करेन्ट लागेपछि सख्त घाइते भएका थिए । दुर्घटनामा बिजुलीको झटका पछि उनको हात खुट्टा संगै अनुहार पुरै बिग्रेको थियो । दायाको हातको दुई औला काटिएको थियो भने बाया खुट्टा समेत दुर्घटनामा काटिएको थियो । चिकित्सकले उनको शरीर तथा अन्य भागबाट मासु निकालेर अनुहारमा लगाएका थिए तर उनको अनुहार चिन्नै नसक्ने गरि बिग्रेको थियो ।
डेली स्टारको एक रिपोर्ट अनुसार जब उनकी श्रीमति गर्भवति थिइन उनले आफनो बच्चाका लागी आफनो अनुहारको प्लाष्टिक सर्जरी गर्ने निधो गरे । १४ घन्टा लगाएर चिकित्सकले अनुहारको सर्जरी गरेर उनको नाक र ओठ पुर्ण रुपमा परिवर्तन गरिदिए र छालाहरु जोडियो । सर्जरीपछि उनको अनुहार पहिला भन्दा धेरै फरक भएको छ । उनलाई पनि अहिले यस्तो महसुस भएको छ की आफु दोस्रो व्यक्तिको अनुहार लगाएर हिडीरहेको छु ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected