अमेरिका कसको अधिनमा थियो र कसरी स्वतन्त्र भयो ?

अमेरिका–अमेरिका विश्वकै अहिले शक्तिशाली देश मानिन्छ । यो शक्तिशाली मुलुक कुनै समय अर्के देशको अधिनमा थियो विश्वास कतिलाई नलाग्दा । तर यो यथार्थ हो अमेरिका पनि कुनै बेला तत्कालिन बिट्रीस साम्राज्यकै अधिनमा थियो ।
अमेरिकामा १६ औ शताब्दीमा युरोपियनहरु अमेरिका आएर बस्न थालेका थिए । अमेरिकामा तत्कालिन समयमा अग्रेजको शासन स्थापित भएपछि मूल अमेरिकनहरु माथि कयौ प्रतिबन्ध लगाइएको थियो ।
तत्तपश्चात अमेरिकामा विद्रोह सुरु भयो र लगभग १५० साल सम्म चलेको अग्रेज शासन १७७६ मा समाप्त भयो । अग्रेजको अधिनबाट अमेरिका स्वतन्त्र भयो । यसर्थ अमेरिकाले हरेक वर्ष जुलाई चार लाई आफनो स्वतन्त्र दिवसको रुपमा मनाउदै आएको छ ।
स्वतन्त्र संग्राममा अमेरिकाले तत्कालिन बिट्रीस साम्राज्य सग लडयो । जुन संग्रामलाई क्रान्तिकारी युद्ध अर्थात अमेरिकाको स्वतन्त्र संग्राम भन्ने गरिन्छ । यसपछि नै अमेरिकाले आफनो सिमाहरुमा अधिनमा ल्याउन थाल्यो र त्यसपछि नै अमेरिका विश्वकै ठुलो र बलियो देश बन्न पुग्यो ।
ब्रिटीसले अमेरिका संगै विश्वका लगभग आधा मुलुकलाई यसरी नै आफनो अधिन अर्थात गुलाम बनाएको थियो
१४९२ मा क्रिस्टोफर कोलोम्बसले अमेरिकी महादिपको खोज गरेपछि युरोपियन देशबाट यहा“ आउन सुरु भएको थियो ।
अमेरिकामा ब्रिटेनको विरोध १७६५ बाट सुरु भएको थियो । १७७३ डिसेम्बर १६ मा अमेरिकामा बोस्टन टी पार्टिले ब्रिटेनको विरुद्ध विद्रोहको सुरुवात गरेको थियो । यो घटनाको तीन वर्षपछि फिलाडेल्फियामा सम्पन्न दित्तिय महाद्धिपिय काग्रेसले ब्रिटेनबाट सयुक्त राज्य अमेरिकाको स्वतन्त्रताको घोषणा गरेको थियो । अमेरिकामा स्वतन्त्र संग्रामको अवधि १७७६ देखि १७८३ को बीचको समयलाई मानिन्छ ।
१७८१ मा अमेरिका तथा फ्रान्सको संयुक्त सेनाले ब्रिटीस सेनालाई पराजीत गरेको थियो र यसपछि नै ब्रिटेनले अमेरिका माथि आफनो दाबा छाडेको थियो ।
एजेन्सी सहयेागमा