अमेरिका– पछिल्लो समय अमेरिकाको वेष्ट भर्जिनियाकी एक टिभी रिपोर्टरको भिडियो निकै चर्चामा छ ।
टोरी योर्गे डब्लु एसएजी टिभी की रिपोर्टर वेष्ट भर्जिनियाको डनबर सहरको सडकमा रिपोर्टिङको दौरान पछाडीबाट कारले ठक्कर दिए पनि उनी लगात्तार लाइभ रिपोटिङ गरिरहिन ।
सडकमा पाइपलाइन फुटेपछि सडकमा भरिएको पानी विषयमा रिपोटिङ गरिरहेकी थिइन । त्यही क्रममा पछाडीबाट आएको कारले सडकमा उनलाई ठक्कर दियो र जमीनमा लडिन र क्यामेरा पनि खस्छ । तर पनि उनी तुरुन्तै उठेर रिपोर्टिङ गर्न सुरु गर्छिन । आफुलाई केही नभएको जस्तो गरि पुन टिभी लाइभमा बोलीरहेकी हुन्छिन् । चोटपटक लागे पनि उनी जमीनबाट उठेर लाइभ दिन तम्सिरहेको भिडियोमा देख्न सकिन्छ ।
ट्वीटरमा शेयर गरिएको भिडियो पछिल्लो समय भाइरल भएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected