अमेरिकामा प्रेमिकालाई छुटाउन पैसा जुटाउन होटल लुटेर कर्मचारीको ज्यान लिनेलाई मुत्युदण्ड
अमेरिका– अमेरिकामा आफनो प्रेमिकालाई जेलबाट छुटाउन धरौटी रकम जम्मा गर्न होटलमा लुटपाट गरि दुई कर्मचारीको समेत हत्या अभियोग लागेका व्यक्तिलाई मुत्युदण्ड दिइएको छ
प्रेमको सनकमा ४६ वर्षिय डोनाल्ड ग्रान्ट नामका व्यक्तिले यस्तो घटना घटाएका थिए । उनलाई (ं् घातक सुई दिएर बिहीबार ओक्लोहामा मुत्युदण्ड दिइएको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् ।
घटना २००१ भए पनि उनलाई गएको बुधबार ओक्लोहोमा अदालतले होटल लुटपाटका क्रममा होटलका म्यानेजर तथा कामदार कर्मचारीको हत्या अभियोगमा मुत्युदण्ड दिने फैसला सदर गरेको थियो
घटना घटाउदा अभियुक्त २५ वर्षका थिए । प्रेमिकालाई जेलबाट रिहा गराउन धरौटी रकम जम्मा गर्ने क्रममा होटलमा लुटपाट गरि उनले दुई कर्मचारीको हत्या गरेका थिए । यो वर्ष अमेरिकामा मुत्यु दण्ड पाउने उनी पहिलो कैदी हुन ।
उनी मानसिक समस्याबाट गुज्रेकेको भन्दै उनका वकीलले उनी माथि मुत्युदण्डको पैmसला हटाउनु पर्ने भन्दै याचना गरेका थिइ
दक्षिणी अमेरिकी राज्य ओक्लोहोमा २०१५ मा मुत्युदण्डको सजाय अस्थायी रोक लगाइएको थियो । तर २०२१ मा भने त्यो रोकलाई खुल्ला गरिएको थियो । सोही अनुरुप अमेरिको सर्वोच्च अदातलले अभियुक्त डोनाल्डको याचनालाई खारेज गरि मुत्युदण्डको फैसला बुधकार सुनाएको ं(हो ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...