माइन्स ३५ डिग्री हिउमा जमेर अमेरिका–क्यानडा सिमामा मुत्यु भएका यी हुन भारतीय परिवार
अमेरिका–अबैध बाटो हुदै अमेरिका छिर्ने प्रयासमा अमेरिका–क्यानडा सिमामा ज्यान गुमाएका चार भारतीयको पहिचान भएको छ ।
प्रहरीका अनुसार मुत्यु हुनेमा ३९ वर्षिय बलदेवभाई पटेल, ३७ वर्षिया वैशाली पटेल र उनीहरुका दुई सन्तान ११ वर्षिया छोरी बिहंगी पटेल र तीन वर्षीय छोरा धार्मिक पटेल रहेका छन् । उनिहरु सबै एक परिवारका सदस्य हुन ।
चारै जना साता अघि अमेरिकासंग सिमा जोडिएको क्यानडाको मेनिटोबामा चिसोले हिउमा जमेर मुत्यु भएको थियो । मृतक परिवार भारतको गुजरात निवासी भएको बताइएको छ । उनिहरु धनाढय परिवारका सदस्य भएको बताइन्छ । पटेल परिवार अमेरिका छिर्न प्रयास गरेको रात माइनस ३५ डिग्री सेल्सिियस तापक्रम पुगेको बताईन्छ ।
पटेल परिवार जनवरी १२ मा टोरन्टो पुगेको बताइन्छ । टोरन्टोबाट १८ जनवरीमा उनिहरु इमर्सनका लागी निस्केका थिए । त्यसको एक दिनपछि उनीहरु चिसोको कारण क्यानाडाको मेनिटोबामा मुत फेला परेका थिए । सिमा सुरक्षा अधिकारीले मानव तस्करहरुले उनिहरुलाई अवैध बाटो हुदै अमेरिका छिराउन प्रयास गरेका थिए ।
उनिहरुलाई मानव तस्करहरुले बीच बाटोमा छाडेर हिडेको हुन सक्ने बताईएको छ । घटनालाई मानव तस्करीसंग सम्बन्धीत रहेकोले भारतीय उच्च आयोग तथा अमेरिकी तथा क्यानडा अधिकारीहरुले यसको अनुसन्धान गरिरहेका छन् । समाचार अनुसार पटेल परिवारले अमेरिका आउनका लागी एक लाख डलर खर्च गरेको बताइएको छ । पर्यटक भिसामा पेटल परिवार क्यानडा आएका थिए । क्यानडामै नबसी उनिहरु किन अमेरिका छिर्न खोजे भन्ने प्रश्न समेत उठेको छ । समाचार स्रोतका अनुसार क्यानडाको मौसम चिसो पाएपछि उनिहरु त्यहाबाट अमेरिका छिनै खोजेको हुन सक्ने आंशका गरिएको छ ।
सिमा सुरक्षा बलले क्यानडा अमेरिका सिमामा अन्य सात जना भारतका गुजारतीहरुलाई समेत पक्राउ गरेको छ ।