अमेरिका– संसारकै अग्लो शिखर सगरमाथाको हिउ जलवायु परिवर्तनले पग्लिदै गएको छ ।
वैज्ञानिकहरुको एउटा खोज र अध्ययनले सगरमाथाको सबैभन्दा अग्लो शिरमा रहेको हिउ जम्न २ हजार वर्ष लागेकोमा यो २५ वर्षमै पग्लिएको दाबी गरिएको छ । हिउ बन्नु भन्दा ८० गुना तेज रफतारमा पग्लिरहेको छ ।
वैज्ञानिक शोधकर्ताले नेचर पोर्टफोलियो जर्नल एन्ड एटमास्फेरिक साइन्समा प्रकाशित अध्ययनमा आधारित रहेर यस्तो तर्क दिएका हुन । युनिभर्सिटी अफ मेनका ६ वैज्ञानिक तथा पर्वतारोही सहित एउटा टोलीले २०१९ मा हिमनदीमा पुगेर दस मिटर लामो हिउको टुक्राबाट नमुना संकलन गरेका थिए । यो तथ्याङक एकतित्र गर्न संसारकै सबैभन्दा अग्लो स्वचालित मौसम स्टेशन समेत स्थापना गरिएको थियो ।
शोधकर्ताका अनुसार हिउ पग्लिन १९५०को दशक देखि सुरु भएको हुन सक्ने बताए पनि १९९० को दशक पछि मात्र हिउको नोक्सानी सबैभन्दा तिव्र रुपमा भइरहेको छ । सगरमाथाको टुप्पोको हिउ २५ वर्षमा १८० फिट सम्म पग्लिसकेको छ ।
दशर्को देखि सगरमाथाको उच्च भागमा रहेको पुरानो हिउ हरेक वर्ष मानव प्रेरित जलवायु परिवर्तनले पग्लिदै गएको अनुसन्धानकर्ताले बताएका छन् । यसरी हिमनदी पग्लिदै जादा पृथ्वीमा जलवायु परिवर्तनको भयावह अवस्था समेत देखिदै गएका् अध्ययनको नतिजाले देखाएको छ । यही अवस्था रही रहे कतै सगरमाथा हिउ विना सुख्खा हुने त हैन भन्ने चिन्ता वैज्ञानिकहरुले व्यक्त गरेका छन् ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...