शिव शर्मा/टेक्सस

नमस्ते, म श्रद्धा श्रेष्ठ
‘तपाई सुन्दै हुनुहुन्छ भ्वाईस अफ नेपाल ‘………..

यस्तै सुरिलो स्वर गुन्जिन्छ हरेक दिन आइतबार टेक्ससबाट संचालित रेडियो ९५.५ को आजादमा । विदेशीले संचालन गरेको यो रेडियोमा मिठो स्वर पस्कदै धेरै स्रोताको ढुकढुकी बनेकी छिन् श्रद्धा श्रेष्ठ । रेडियो मार्फत उनले नेपाली आवाजलाई बुलन्द गरेकी छिन् । रेडियोमा आवाज दिएर उनले नेपाल चिनाएकी छिन् ।
एक घण्टाको यो कार्यक्रममा उनले अमेरिकामा अध्ययनका लागी आएका विद्यार्थीहरुमा लुकेका प्रतिभालाई बाहिर प्रस्फुटन गराउन मदत गर्छिन् । त्यस्तै नेपाली समुदायका अन्य सफल व्यक्तित्वलाई अतिथी बोलाएर उनीहरुको कुराकानी समावेश गराउछिन् ।
उनको यो कार्यक्रम लोकप्रिय भइरहेको छ । उनका स्रोता टेक्सस संगै अमेरिकाका विभिन्न राज्य देखि नेपाल संगै क्यानडा अष्ट्रेलिया, दुबई लगायत नेपालीहरु बसोबास गर्ने अन्य धेरै मुलुक छन् ।

न्युयाेर्कमा हालै आयाेजीत युनाईटेड नेशन युथ फ़र हयुमन राईट्स कार्यक्रममा सहभागी हुँदै श्रद्धा श्रेष्ठ

 

काठमान्डौ नजिककैको भक्तपुर सहरबाट अध्ययनका लागी पाँच वर्ष अघि अमेरिका आएकी हुन श्रद्धा । उनी  टेक्ससकाे डयालसमा बसाेबास गर्दै आएकी छिन् ।अकाउन्टमा ब्याचलर अध्ययन गरिरहेकी उनको रेडियोमा बोल्ने सौख बच्चा देखिकै थियो । रेडियो सानै देखि सुन्थिन उनी । रेडियोमा सुनिने आवाजले उनलाई छुन्थ्यो । रेडियोमा यसरी बोल्ने कोहोला भन्दै उनी सोचमग्न हुन्थिन रे । उनलाई पनि यसरी नै बोल्न पाए हुन्थयो भन्ने लाग्थ्यो । तर इच्छा र चाहना भएर पनि नेपालमा हुँदा उनले रेडियोमा बोल्न अवसर पाइनन् । इच्छाहरु त्यतिकै सेलाए ।

जब उनी अमेरिकामा आइन, तब पनि उनको रेडियोमा बोल्ने नसाले छाडेको थिएन । त्यही क्रममा उनको आँखा एउटा रेडियो प्रस्तोता चाहिएको विज्ञापनमा पुग्यो । टेक्ससमा भारतीयले संचालन गरेको रेडियो सलाम नमस्तेलाई आरजे चाहिएको रहेछ । उनी आवेदनका लागी त्यहा“ पुगिन । तर आरजे त मागेको रहेछ त्यो केवल हिन्दी भाषका लागी मात्र । उनले आफुले नेपालीमा कार्यक्रम चलाउन चाहेको बताइन । तर त्यतिबेला उनको त्यो इच्छा पुरा भएन ।
त्यस लगत्तै उनिसहित नेपालीहरुको १०–१२ जनाको समुह मिलेर अनलाइन रेडियो चौतारी खोले । ६ महिना चलेपछि त्यो रेडियो पनि बन्द भयो । उनले दरखास्त हालेको भारतीय समुदायले संचालन गरेको रेडियो सलाम नमस्तेले उनलाई नेपाली कार्यक्रम चलाउनका लागी डाक्यो । उनले त्यहाँ पनि ६ महिना कार्यक्रम चलाइन । पछि त्यो रेडियो पनि बन्द भयो । अहिले झण्डै दुई वर्ष देखि उनी रेडियो आजादमा नियमित रुपमा नेपालीहरुको आवाज बोल्ने भ्वाईस अफ नेपाल कार्यक्रम चलाउदै आएकी छिन् ।

कार्यक्रम उदघाेषणका क्रममा श्रद्धा श्रेष्ठ

रेडियोको कार्यक्तमबाट अहिले भने उनी सन्तुष्ट छिन् । स्रोताको माया राम्रै पाएकी छु’ श्रद्धाले फुर्तिलो पारामा भनिन–‘धेरैले कार्यक्रमको विषय र प्रस्तुतीलाई मन पराइदिनु भएको छ ।’
श्रद्धालाई रेडियोको आरजे बन्न कुनै तालिम लिनु परेन । उनमा भित्रैदेखिको इच्छा थियो र बाक कलामा पनि उनको निपुर्ण थिइन । उनको रेडियो स्वर सबैका प्रिय बनेको छ । आफनो रेडियो प्रस्तोताको अनुभवले खारिएर नै उनले अहिले केही इच्छुकहरुलाई रेडियो प्रस्तोताको तालिम समेत दिइरहेकी छिन् ।
रेडियो प्रस्तोताको अलवा उनको व्यस्तता टेक्ससमा हुने विभिन्न औपचारिक कार्यक्रममा उदघोषणका लागी उनकै खोजी हुन्छ । नेपाली र अंग्रेजी दुबै भाषामा श्रद्धाको उदघोषण कला दमदार छ । नेपालीहरुले कुनै कार्यक्रम आयोजना गरे भने उद्घोषणका लागी उनलाई खोजी गर्छन् । औपचारिक होस या अनौपचारिक कार्यक्रम संचालनमा उनी निपुर्ण छिन् ।

श्रद्धा केही महिना अघि अमेरिकाको न्युयोर्कमा भएको संयुक्त राष्ट्र संघ मानव अधिकारका लागी युवा (युनाइटेड नेशन युथ फर ह्युम राइट) मा नेपालको प्रतिनिधीत्व गदै भाग लिने अवसर पाएकी थिइन । उनले भाग लिनका लागी आवेदन हालेकी थिइन । नेपालको प्रतिनिधीको रुपमा उनी छनौटमा परिन । तीन दिनको उक्त कार्यक्रममा उनले बोल्ने अवसर पाएकी थिइन । जुन अन्तराष्ट्रिय कार्यक्रममा विभिन्न ८० वटा देशका सहभागी थिए ।

उदघाेषण गर्दै श्रद्दा श्रेष्ठ

१ सय ६० देशकाले सहभागीता का लागी आवेदन दिए पनि ६० देश मात्र छनौट भएका थिए । जसमा नेपालको लागी उनी छनौटमा पर्न सफल भएकी थिइन । उक्त कार्यक्रममा उनले आफनो दमदार भाषण दिएकी थिइन । कार्यक्रमा प्रस्तुती दिनका लागी ३० जनामा उनी  पनि छनौटमा परिन र आफनो प्रस्तुती दिइन । आफुले गरेको कामको बारेमा प्रस्तुती दिनु पर्ने उक्त कार्यक्रममा उनले श्रद्धा फाउन्डेसनको गतिविधी प्रकाश पारेकी थिइन । अघिल्लो वर्ष मात्रै नेपालका गरिब तथा जेहेन्दार बालबालिकालाई सहयोग गर्ने उद्देश्य सहित उनले श्रद्धा फाउन्डेसन सामाजिक संस्था खोलेकी थिइन । उनको संस्थाले दोलखाको मिलुङ गाउँका पाँच जना बालबालिकालाई पठनपाठनमा सहयोग गदै आएको छ ।

श्रद्धा फ़ाउन्डेशनकाे कार्यक्रममा श्रद्दा श्रेष्ठ

श्रद्धाको बोल्ने कलासंगै साहित्य लेखनमा पनि त्यतिकै रुची छ । उनी अहिले एउटा बेग्लै खालको उपन्यास लेखनमा पनि व्यस्त छिन् । छिट्टै त्यो उपन्यास बजारमा ल्याउने तयारीमा छिन् । उनको भविष्यको लक्ष्य स्पीकर बन्ने रहेको छ । अकाउन्ट पढीरहेकी श्रद्धाको इच्छा सिपिए गर्ने समेत रहेको छ । यति इन्सुरेन्सको म्यानेजिङ डाइरेक्टर रहेकी श्रद्धाले कुराकानीको अन्तमा भनिन–‘रेडियो प्रस्तोतामै केही नया गर्ने सोच पनि छ ।’

श्रद्दा फ़ाउन्डेशन मार्फत प्रदान गरिएकाे छात्रवृति
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected