अमेरिका– आफना सन्तान प्रति बाबुआमाको माया अपार हुने गरेको छ । कतिपय आफनो सन्तान नभएर गोद (एडप्ट) लिएको बालकलाई पनि औधी माया गर्छन ।
तर यहा भने गोद लिएर पनि एक बालकलाई दम्पत्तिले पाच वर्षसम्म बाक्समा थुनेर राखे घटनाले सबैलाई अचम्मित बनाएको छ ।
फलोरिडाका एक दम्पत्तिले गोद लिएका बच्चालाई पाच वर्षसम्म एउटा बाक्समा बन्द गरेर राखेको खुलासा भएको छ ।
ट्रेसी तथा टिमोथी फेरियटरले २०१७ मा गोद लिएको बालकलाई पा“च वर्षसम्म आफनो गराजको एउटा बाक्समा थुनेर राखेको खुलासा भएको हो । उनिहरुले हरेक दिन १८ घन्टा सम्म बाकसमा बन्द गर्ने राख्ने बालकलाई केवल स्कुल जाने समयमा मात्र छाडने गरेको बताइन्छ । बालक अहिले १३ वर्षको भइसकेका छन् ।
डेली स्टारको रिपोर्ट अनुसार उक्त बाकसमा क्यामेरा समेत जडान गरेका थिए जसको सहायताले बालक माथि निगरानी गर्न सकियोस भनेर । बालकलाई दिसापिसाब गर्नका लागी एउटा बाल्टी दिइएको थियो र सुत्नका लागी एउटा डस्ना दिइएको थियो । बालक स्कुलबाट फर्किने बितिक्कै उनिहरुले बाक्स भित्र बन्द गरिदिन्थे ।
समाचार अनुसार एक दिन बालक जब विद्यालयबाट घर नआई गायब भए । तब टे«सीले उनि हराएको भन्दै प्रहरीमा रिपोर्ट लेखिन । प्रहरी जब जाचका क्रममा घरमा पुग्यो, तब बच्चाको रहने अवस्थाको बारेमा पोल खुल्यो । बालक भागेर प्रहरी कार्यालय पुगे र प्रहरीलाई आफुलाई पक्राउ गर्न भने । प्रहरीका अनुसार बालकले घरमा आफुलाई कुनै माया ममता नभएको र त्यो भन्दा घर जानुको सट्टा जेलमै बस्न राम्रो हुने बालकले बताएका थिए । प्रहरीले दम्पत्तिलाई बालक माथि हिंसाको अभियोगमा पक्राउ गरेको थियो । अहिले उनिहरुलाई धरौटी रकम बुझाएर छाडिएको छ । अहिले उनिहरुलाई उक्त बालकलाई कुनै तरहले सम्पर्क गर्न नदिने अदालतले आदेश दिएको छ ।
एजेन्सीहरुको सहयोगमा

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected