अमेरिका– अमेरिकामा एक जना समाचार बाचिकालाई लाइभ समाचारकै दौरान विवाहको प्रस्ताव राखेका छन । केही दिन यता यो भिडियो सामाजिक संजालमा निकै भाइरल भइरहेको छ ।
अमेरिकी टिभी केपिआइ एक्स फाइभ नामक च्यानलको लाइभ प्रसारण भइरहेको समयमा समाचार वाचिका मेरि लिइलाई प्रेमीले विवाहको प्रस्ताव राखेका हुन ।

समाचार बाचिका लिइले टिभीमा मौसम सम्बन्धी जानकारी दिइरहेको बेला अचानक सुरुमा दुई महिला आएर गुलाब दिएका थिए । त्यसपछि अर्का व्यक्ति आए जो प्रेमी थिए ।

सुरुमा प्रेमीले फूल दिए र घुडा टेकेर विवाहको प्रस्ताव राखेका थिए । रिपोर्टसका अनुसार विवाहको प्रस्ताव राख्ने व्यक्ति सानफ्रान्सिसको का अजीत निनान हुन ।
आफुलाई विवाहको प्रस्ताव राखेपछि समाचार वाचिका मेरि को होस उडयो । उक्त अवसरमा प्रेमीले औठी समेत लगाइदिए ।

त्यसपछि मेरि रुन लागीन । यो सरप्राइज कार्यत्रमको नाम मेरिको विवाहको अपरेशन भनेर राखिएको थियो । सिबिएस सानफ्रान्सिसकोको बे एरिया अर्थात च्यानल संग सम्बन्धीत अधिकांश यसमा सहभागी भएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected