टेक्सस– टेक्ससको ड्यालस फोटवर्थ क्षेत्रमा अधिक नेपाली बसोबास गर्छन
। राजधानी अस्टिनमा पनि नेपालीहरुको बसोबास बढीरहेको छ । ड्यालस फोटवर्थ क्षेत्रबाट ओझेलमा परेका अस्टिनका नेपाली समुदाय पनि यतिबेला नेपाली मन्दिर बनाउन कस्सिएका छन्  सबैले यहॅाआफुले सकेको चन्दा दान गरेर ग्रेटर अस्टिन नेपाली सामुदायिक तथा आध्यात्मिक केन्द्र निर्माणका लागी अग्रसर भएका हुन । ग्रेटर अस्टिन नेपाली सोसाइटीले अगुवाई गदै मन्दिर निर्माणलाई मुर्त रुपमा दिन जुटीरहेको छ ।

१० लाख डलरको बृहत योजना सहित पशुपति मन्दिर, बुद्ध तथा अन्य देवी देवताको मन्दिर निर्माण हुदैछ । त्यस्तै सामुदायिक भवन, पार्टि प्यालेश, बालगृह, बाकिङ टे«ल लगायतका विविद्य पुर्वाधारहरु समेत बन्दैछ । झण्डै ५ लाख डलरमा २.६ एकड जमीन खरिद गरेर केन्द्रको निर्माण हुन लागेको हो ।
सुरुवाती विना पुर्वाधार निर्माण गरेपछि अहिले समितिमा ३ लाख ऋण रहेको छ ।
विशेष गरि पशुपति (शिव पांचायन) तथा बुद्ध मन्दिर सहितको नेपाली सामुदायिक केन्द्र निर्माण र संचालन गर्ने उद्धेश्य सहित हामी अघि बढेका हौ’ ग्रेटर अस्टिन नेपाली सोसाईटीका पुर्व अध्यक्ष  देवराज न्यौपानेले भने– ‘सबैतिरबाट नेपाली समुदायको साथ र सहयोगले योजना सफल हुदै गइरहेको छ ।’
अहिलेसम्म मन्दिर निर्माणका लागी ४१४ जना सहयोग दाताबाट ३ लाख ७० हजार ३ सय ७ डलर उठीसकेको छ । त्यस्तै कबुल गरेको ५ लाख ३६ हजार भन्दा बढी रकम उठन बाकी छ । अहिलेसम्म ११६ जना परिवार संस्थापक ट्रस्टी बनेका छन् । संस्थापक ट्रस्टीले ३ हजार ४ सय डलर सहयोग गर्नेछन् । त्यस्तै आजीवन सदस्य बनेकाले २ सय ५० डलर भन्दा माथि सहयोग गरेका छन् । त्यस्तै दिनको एक डलर सहयोग कार्यक्रम समेत रहेको छ ।


तत्काल बन्ने पशुपति तथा बुद्ध मन्दिरको शिलान्यास र सामुदायिक केन्द्रको उद्घाटन आउदो अप्रिल १० रामनवमी तथा नेपाली नया वर्षको अवसर पारेर हुदैछ । यो धार्मिक तथा मानवीय कार्यका लागी सबैलाई सहयोग गर्न आव्हान गरिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected