अमेरिकाका १६ औ राष्ट्रपति अब्राहम लिंकन पटक– पटक निर्वाचन लडेर पनि हारेका थिए । तर उनले जीवनमा कहिल्यै हरेश खाएनन् । विद्यायक सिनेटर , उपराष्ट्रपति देखि राष्ट्रपतिको चुनाव पहिलो पटक लडेर पनि उनले पराजयको सामना गरे । यति हुदा पनि उनी चुनावी दौडबाट पछि हटेनन् । पटक -पटकको हारले नै उनलाई जित्न सिकायो ।

अन्ततः धेरै हार पश्चात सन् १८६० मा राष्ट्रपतिको चुनाव जित्दै अमेरिकाको १६ औ राष्ट्रपति बने ।
दर्जनौ पटक चुनाव लडेर हारेका अब्राहम लिंकनले कहिल्यै जीवनमा आफुले हारेको महसुस गरेनन् । असफलता नै सफलताकेा प्रतिक हो भन्ने भनाईमा अडिग रहे । राज्य सांसद , सिनेटर चुनाव हारेका उनी राष्ट्रपतिको निर्वाचनमा पनि लडेर पहिलो पटक हारे र दोस्रो पटक भने जिते ।
यहॅा निर मैले यो लामो भुमिका बाध्नुको पछाडी हाम्रो जीवनमा एक वा दुई असफलता आयो भन्दैमा हार खाएर आफुले हिडेको बाटो नै बदलिनु हुदैन । प्रसंग हो टेक्सस हाउस डिस्ट्रिक ९२ मा पहिलो पटक चुनाव लडेका दिनेश शर्माले अब्राहम लिंकनको यो असफलताबाट पाएको सफलताको कडीलाई अब आत्मसाथ गरेर अगाडी बढनुपर्छ  भन्ने नै हेा ।अब्राहम लिंकनले जीवनमा दर्जनौ पटक चुनाव लडेर असफलता पाए तर उनले लडन छाडेनन् । चुनावमा लडदै उठेर अन्ततः अमेरिकाको राष्ट्रपतिमा चुनाव जिते ।

टेक्सस राज्य सांसदमा चुनाव लडेका दिनेश शर्मा पहिलो प्रयासमा चुनावमा पराजय भोगे । यो हैन कि अब दिनेश शर्माले सधैका लागी हारे । मलाई लाग्छ दिनेश शर्माले चुनाव हारेर पनि जितेका छन् । अमेरिकाको मुलधारे राजनितिमा अग्रसर हुनेहरुका लागी टेक्ससमा पनि एउटा गोरटो बनाइदिएका छन् दिनेशले । अब यो गोरेटोमा अरु धरै दिनेश शर्मा जस्ता नेपाली मुलका अमेरिकनहरु चुनावमा होमिने बाटो खुलेको छ । स्वंय दिनेश शर्माका लागी पनि यो पहिलो हार एउटा सिकाई भएको छ ।
पहिलो पटकको यो असफलतामा दिनेश शर्माले पनि आफना केही कमी कमजोरी भयो भनेर स्वीकार्नुपर्छ । अबको दोस्रो यात्राका लागी चुनावी माहौल आफनो पक्षमा बनाउन कमी कमजोरी औल्याएर अघि बढन उनलाई मदत गर्नेछ । खासमा त डेमोक्रेट पार्टिबाट चुनाव लडेका दिनेश शर्माले एकैचोटी अलि हतारमा चुनाव लडने अॅाट गरेकै हुन । उनको स्थानिय तहमा पार्टिमा पहिचान नै खडा भएको थिएन । नत डेमाक्रेटका मतदाताले दिनेश शर्मालाई राम्रोसंग चिन्ने मौका नै पाए ।
यहा“निर भने दिनेश शर्मा अलिकति चुके कि भन्ने लाग्छ मलाई । चुनाव लडनु अघि डेमाक्रेट पार्टिमा आफनो एउटा बेस बनाएनन । डेमाक्रेटका मतदाता सामु दिनेशको पहिचान पुगेन कि ? मूलः रुपमा उनले चुनावको पुर्वतयारी नै गरेनन । उनी चुनावी मैदानमा धेरै ढिलो गरि देखिए ।

जब की उनकै बलिया प्रतिस्पर्धी भनिएका डेमोक्रेटका सल्मान भोजानीले लामो समय अगाडी देखि नै चुनावी दौडमा होमिसकेका थिए । चुनावी क्याम्पेनका लागी भोजानीले लाखौ डलर सहयोग संकलन उठाए र प्रचारप्रसार व्यापक बनाए । यति मात्रै सिटी काउन्सिलको चुनाव जितेका भोजानीले सिटीको कार्यकारी मेयर समेत चलाएका थिए । उनको टेक्सस डेमोक्रोट पार्टिमा एउटा बेस बनिसकेको थियो । भोजानी ट्वीटर देखि अन्य सामाजिक संजालमा पनि निकै सक्रिय रुपमा लागे । कानुनी वकील र सफल व्यवसायी समेत रहेका भोजानीको अमेरिकन समुदायमा पहुच बढीसकेको थियो । राज्य मातहतको डेमोक्रेट पार्टिमा समेत उनले आफनो सम्बन्ध बिस्तार गरिसकेका थिए ।

उनलाई इन्डोर्स गर्ने अमेरिकनहरु धेरै देखिएका थिए डेमोक्रेटको यो प्राइमेरी निर्वाचनमा । तर दिनेश शर्माको हकमा यो देखिएन । दिनेश शर्माको डेमोक्रेट पार्टिमा खासै पहिचान नभएर नै यसो भएको हो । दिनेश असली डेमाक्रेट मतदाताको नजरमा पर्न सकेनन । एकैचोटी उनी नेपाली समाज टेक्ससको अध्यक्ष पश्चात टेक्सस राज्य सांसदको निर्वाचनमा होमिए । पार्टिमा आफुलाई उपस्थित नगराई तयारी विना चुनावमा ढिलो रुपमा उम्मेदवार बने ।

बलिया प्रतिस्पर्धी देखिएका भोजानी संग टक्कर लिन दिनेश शर्माको तयारी पुगेन । हुन त यस्तै कमी कमजोरीले नै सिकाउने र मान्छेलाई बलियो बनाउदै लैजाने हो । तर यो हैन की दिनेश शर्माले चुनाव लड्न हुदैनन्थयो । यो लडाईले नै दिनेश शर्मालाई लडेर उठन सिकाएको छ । चुनावी रणनितिको तौर तरिका यो पहिलो प्रयासले दिनेशलाई झकझकाई दिएको छ ।
अमेरिकामा नेपाली समुदायको तर्फबाट इतिहास लेखेका मेरिल्यान्ड राज्य सांसद ह्यारी भण्डारीलाई पनि हेर्नुपर्छ । उनले पनि पहिलो पटक चुनाव लडेर जितेका हैनन । पहिलो पटक चुनाव त ह्यारीले पनि हारेकै हुन । तर उनले पहिलो हारको सुत्रलाई सच्चाए । आफना कमी कमजोरीलाई केलाए र एक पटकको त्यो हारबाट उनी भागेनन् ।

दोस्रो पटकको प्रयासमा ह्यारी भण्डारीले चुनाव लडे र जित हासिल गरे । यस्तै अब दिनेश शर्मालाई यसरी नै पहिलो असफलताले पाठ सिकाउदै फेरि दोस्रो पटक सफलताको बाटो खुल्नेछ ।
अर्कोतर्फ नेपाली समाजले पनि डेमोक्रेट रिपब्लिकन नभई आफनो समाजको प्रतिनधित्व गर्ने र अमेरिकी राजनितिमा आउनेलाई पुर्ण रुपमा समर्थन गर्नुपर्छ । अमेरिकाको मुलधारे राजनितिमा यदि दिनेश शर्माहरु पुगे भने त्यसले हाम्रो समुदायको आवाज र पहुच सम्बन्धीत निकायमा पुग्न अवश्य पनि सघाउ पुग्छ । भोली दिनेश शर्माको ठाउ“मा अर्को हरि शर्मा चुनावमा किन नउठुन हामी अमेरिकामा रहेका नेपालीहरु एकजुट भएर चुनावी अभियानमा साथ दिनुपर्छ । भलै हाम्रो भोट संख्या धेरै नहोला तर पनि हामीले आ आफनो ठाउॅबाट सम्बन्धीत उम्मेदवारको पक्षमा माहौल बनाउन सके त्यसले धेरै फरक पार्छ । यसपटक दिनेश शर्माको पक्षमा माहौल बनाउन टेक्ससमा थोरै चुकेका छौ ।

खैर केही छैन सबैले आत्मआलोचना गरेर अमेरिकी राजनितिमा अब हाम्रो पहुच बढाउनुपर्छ । यो पटक टेक्सस राज्य सांसदमा दिनेश शर्मालाई ल्याउने प्रयास सफल हुन सकेन । अर्को पटकका लागी भने विशेष तयारी गर्नुपर्छ । यो हैन कि दिनेश शर्माको पक्षमा मत नआउदा आकाशै खसिसक्यो । टेक्ससमा यो एउटा राजनिति सुरुवातको ढोका खोलिएको हो । दिनेशले खोलेको ढोकामा अब धेरैलाई प्रवेश गर्ने अनुमति मिल्नेछ । दिनेश शर्मा पनि अब कत्ति पनि हत्तोसाहित नभई दोस्रो चुनावी दौडमा लम्किनुपर्छ ।

अहिले देखि नै जुन पार्टिबाट चुनाव लडदै हुनुहुन्छ  त्यो पार्टिमा आफनो उपस्थिति र पहुच बनाउने र मतदाता संग भिज्ने तर्फ लाग्नुहोला । तपाईले अझ मेहनत गरेर अर्को पटक अगाडी बढनु भयो भने कसैले पनि तपाईलाई जित्ने आट गर्ने छैन । सफलता केवल लक्ष्य हैन त्यो यात्रा हो । निरन्तरत रुपले मुल्यवान लक्ष्य प्राप्तिको दौडमा हिडीरहनुपर्छ । दिनेशजीले चुनाव लडेर हार्नु भएकेा हैन, प्रयास गर्नु भएकेा हेा । तपाईकेा प्रयास जारी राख्नुहेास , फेरि अर्केा प्रयासबाट तपाईलाई सफलता मिल्न सक्छ ।
आखिर संसारमा असंभव भन्ने केही छैन । दिनेशजी आफुले लिएको लक्ष्य या गर्न लागेको काम असम्भव अवश्य छैन भन्ने विचार मनमा राखेर अगाडी बढनुहोस । आफनो काममा पुरा मन लगाएर फेरि आउने तयारीमा जुटनुहोस , अरुलाई असंभव लागेको कुराहरु तपाईले फेरि पुरा गर्नु सक्नुहुनेछ शुभकामना दिनेश जी ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected