शिव शर्मा/ टेक्सस

आईशा ओझा, टेक्सस वरपर चिनिएकाे नाम हाे । फुर्तिली, जागरिली र समाजका लागी केही गरौ भन्ने युवा जोश जागर उनमा छ ।
विशेषतः उनी बालबालिकाका लागी अझै प्रिय छिन् । गत मे महिनामा हर्स युलेस बेडफोर्ड को बोर्ड सदस्यको उम्मेदवार बनेपछि झनै आईशाको चर्चा चुलिएको हो । उम्मेदवार बनेर जीत हासिल नगरे पनि उनले उक्त पदमा उठने सहास गरिन र आम नेपाली समुदायलाई चिनाउने काम गरिन । नेपाली समाज टेक्ससको महिला संयोजकको रुपमा रहेकी आईशाले बालबालिको लागी समर स्कुल समेत चलाइन । किताबी ज्ञानका अतिरिक्त अन्य क्रियाकलापमा पनि बालबालिकालाई अग्रसर बनाउनुपर्छ भन्ने मान्यता राख्ने उनले नृत्य संगै नेपाली भाषा सिकाई लगायत मानसिक स्वास्थयका बारेमा समेत तालिम संचालन गरिन ।

द मण्डलाका बालबालिका

त्यसो त सोसियल वर्किङ विषयमा नै माष्टर्स गरेकी आईशाको दखल मानसिक स्वास्थय तथा कुलतहरुको नियन्त्रणको विषयमा रहेको छ । हरेक विषयमा पोख्त आईशा आफनो धारणा स्पष्ट राख्न सधै अग्रसर हुन्छिन् । आफनो विचार राख्न उनी मञ्च अगाडी कहिल्यै हिच्किचाउदिनन् । पछिल्लो समय आईशा बालबालिका संगै आमाहरुलाई नृत्य संगै व्यवहारिक ज्ञान दिने उद्धेश्यले खोलिएको द मण्डला डान्स स्कुलमा व्यस्त छिन् ।
एकवर्ष अघि बेर्डफोड , युलेश हुदै सुरु भएको उनको द मण्डला अहिले हर्स र अर्भिङ सहरमा संचालित छ । अहिले उनको मण्डलामा ६५ जना बालबालिका र २५ जना जति आमाहरु नृत्यसंगै जीवन उपयोगी टिप्सहरु सिकीरहेका छन् । ‘केवल नृत्य मात्र नभई अन्य विविद्य जीवनलाई फाईदा पुग्ने विषयहरु पनि  सिकाउदै आएका छौ’ उनले भनिन– ‘सिकाई उपयोगी भएर नै मण्डलामा सिक्न आउनेहरुको संख्या बढीरहेको छ ।’ मण्डलाको नाम कसरी रहन गयो उनलाई नै थाहा छैन ।

आईशा आेझा

यो नाम उनले सपनामा देखे जस्तो लाग्यो र मण्डला राखिन रे । विद्यालयमा पढेर मात्रै हुदैन अतिरिक्त क्रियाकलापमा पनि ज्ञान हुनुपर्छ भन्ने मान्यता राख्ने आईशाले त्यही उद्देश्यले नृत्य र अन्य विभिन्न जीवन उपयोगी विषय सिकाउन मण्डला खोलिन । अहिले उनको मण्डलामा एक वर्षका बालबालिका देखि अन्य उमेर समुहकाले सिकीरहेका छन् । नेपाली संगै भारतीय अमेरिकन लगायत अन्य भाषाका बालबालिका समेत मण्डलामा सिक्न आउने गरेका छन् ।
यसरी पहिलो पटक मण्डला सेन्टर संचालनमा ल्याएपछि कामको बोझबाट थकीत आमाहरु तथा किताबी ज्ञानमा मात्रै सिमित बालबालिकाहरुलाई यसले रमाईलो संगै शारीरक स्फुर्ति बढाउनमा समेत मदत पु¥याएको अनुभव मण्डलामा नृत्य संगै अन्य ज्ञान लिने प्रशिक्षार्थिहरुको अनुभव छ । मण्डलमा नेपाली नृत्य संगै बलिउडका नृत्य पनि सिकाइन्छ । काम घर बच्चाबच्ची हेरेर जिन्दगी बिताइरहेका आमाहरुलाई पनि मण्डलाले फुर्तिलो बनाएको छ ।
अमेरिकी विद्यालयमा बालबालिकालाई खासै गृहकार्य दिदैन , जब कलेज पुग्छन् तब गृहकार्य लगायत पढाईको भारी बोकाइन्छ । जसले गर्दा धेरैले बीचमै पढाई छोड्छन् ।

प्रशिक्षार्थीहरु मण्डलामा

यसलाई कम गर्न उनले मण्डलामा नेपाली पाठ्यक्रम नै बनाएर केही विज्ञहरुको सहयोगमा नेपाली भाषा कक्षा समेत संचालन गर्ने तयारीमा छिन् । बालबालिकालाई नेपाली भाषा सिकाउने र विभिन्न गृहकार्य दिएर उनीहरुमा पठन संस्कृतिलाई बढवा दिने उद्देश्य समेत रहेको आईशाले बताइन ।
नृत्य स्कुल मण्डला खोल्नुमा उनको आफनै अनुभव र यस सम्बन्धमा विज्ञता भएर पनि हो । उनले नेपालमा हु“दा तीन वर्षको उमेर देखि नै नृत्य गर्न थालेकी थिइन । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको एक राष्ट्रिय कार्यत्रममा उनले ६ वर्षको उमेरमै भाग लिएकी थिइन । त्यसो त उनी नेपालमा विद्यालयस्तरीय प्रतियोगिताहरुमा संधै नृत्यमा पहिलो हुन्थिन । अमेरिकामा २००८ मा पहिलो पटक उनले नेपाली समाज टेक्ससको दशै कार्यक्तमा नृत्यको कोरियोग्राफी गरेकी थिइन । १२ वर्ष अघि १२ वर्षकै उमेरमा अभिभावक संगै अमेरिका आएकी आईशा टेक्ससको युलेस परिवारसंग बस्दै आएकी छिन् । उनले छिट्टै क्यारल्टनमा बोर्डीङ स्कुल समेत संचालन गर्ने तयारी गरिरहेकी छिन् ।

नृत्य गर्दै मण्डलाका बालबालिका

राजनितिमा समेत रुची भएकी आईशा डेमोक्रयाटिक पार्टिसंग आवद्ध छिन् । भ्याउदा  सम्म उनी पार्टिबाट आउने निम्तो लिएर सहभागि पनि हुने गरेकी छिन् । व्यवसाय, राजनिति र सामाजिक कामलाई एक साथ लिएर अघि बढने योजना बनाएकी आईशाले भनिन– ‘बल्ल सुरुवात भएको छ, मैले गर्नुपर्ने कामहरु धेरै छ ।’

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected