अमेरिकाको उच्च तहमा पुगेका यी नेपाली

शिव शर्मा/टेक्सस
अमेरिका अवसरै अवसरको भूमि हो । यहाँसाधारण देखि उच्च तहमा काम गर्ने नेपालीहरु छन् । यहाँका उच्च तहमा काम गर्ने नेपालीहरु पछिल्लो क्रममा बढदै छन् । राजनिति तहदेखि सरकारी उच्च तहमा नेपालीहरु पुगेका छन् ।
२००५ मा अध्ययनका लागी पर्वतबाट अमेरिका आएका हिराबहादुर भण्डारी उर्फ ह्यारी भण्डारी अमेरिकी राजनितिमा उच्च तहमा पुग्ने नेपाली हुन । अमेरिका आएको छोटो अवधिमै उनले इतिहास बनाएका छन् ।

मेरिल्यान्ड राज्यको हाउस अफ डेलिगेटस बिजयी भएपछि उनी चम्किएका छन् । नेपाली मुलका भण्डारी अमेरिकी प्रतिनिधी सभाको सदस्यमा विजयी उनले पहिलो नेपाली हुन । उनले डेमोक्रेटिक पार्टिबाट २२ हजार ४ सय ७ मत ल्याएर चुनाव जितेका थिए । यस अघि उनी सन् २०१४ मा चुनाव लडे पनि उनी पराजीत भएका थिए । एक वर्ष अघि भएको मध्यावघि निर्वाचनमा भने उनले जीत हासिल गरे र अमेरिकी मुलधारको राजतिनिमा पुग्ने पहिलो नेपाली बने ।
यसरी राजनिति देखि राज्यका अन्य तह तप्कामा पनि पुग्ने नेपालीहरु अमेरिकामा बढीरहेका छन् । लामो समय देखि अमेरिकाको वासिङटनडिसी क्षेत्रमा बस्दै आएका मोहन गुरुङ पनि उच्च तहमा पुग्ने नेपाली मध्ये हुन ।
उनी सन् २०१७ जुन २७ देखि सन् २०२० जुन ३० सम्मका लागी एशियाली प्रशान्त अमेरिकन मामिला आयोगको आयुक्तमा नियुक्त भएका नेपाली हुन । यसरी उनी आयुक्त नियुक्त भएको दोस्रो पटक हो । स्याङजा पेल्काचौरका स्थायी बासिन्दा गुरुङ १९९३ देखि अमेरिकामा बस्दै आएका छन् । सियाटल क्षेत्रमा उनले सामाजसेवीको राम्रो छवी समेत बनाएका छन् । उनले नेपालमा हुदा वीर अस्पतालमा चिकित्सा क्षेत्रमा समेत लामो समय सेवा गरेका थिए ।

अमेरिकाका नगरपालिकाकै उपमेयर पदमा निर्वाचित भएर इतिहास बनाएका अर्का नेपाली हुन किरण सिटौला । मेरिल्यान्ड राज्यको हाउन अफ इन्डियन हेड सहरको दोस्रो पटक विजय भएका उपमेयर हुन । उनी स्वतन्त्र रुपमा चुनाव लडेर अमेरिकाको सार्वजनिक पदमा पुग्न सिटौला सफल भए । दुई दशक भन्दा लामो समय देखि अमेरिका बस्दै आएका सिटौला विद्यार्थीको रुपमा अध्ययनका लागी अमेरिका आएका थिए ।

उनी पहिलो पटक २०१५ मे ५ मा उपमेयरमा निर्वाचित भएका थिए । यस वर्ष २०१९ मे महिनामा फेरी चार वर्षको कार्यकालका लागी निर्वाचित हुदै ईतिहास बनाए । कुनै पनि दलमा अवाद्ध नभई चुनाव लडेर उनी सर्वाधिक मत पाएर यो पदमा पुगे । उनी काठमान्डौ स्थित बुढानिलकण्ठ स्कुलका पुर्व विद्यार्थी समेत हुन ।
यस्तै नगरपालिकाका मेयर संगै नगरपरिषदमा दुई नेपाली पुगेका छन् मधुपन्थी र प्रदीप ढकाल । अर्घाखाची चिदि–९ मधुखेलका मधु पन्थी डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको हेमार्केट सहरका लागी नगरपरिषद सदस्य बनेका उनी डिभी परेर अमेरिका आएका थिए । उनी नगरयोजना आयुक्त समेत हुन ।

परिवार सहित उनी डेढ दशक देखि भर्जिनिया राज्यको हेमार्केट क्षेत्रमा बस्दै आएका छन् । नगरयोजना आयुक्त भएर काम गरिसकेका पन्थी समाजसेवामा सक्रिय छन् । उनले भर्जिनियामा मेडिकल सेन्टर संचालन गरेर बसेका छन् ।
यस्तै भर्जिनियाकै टाउन अफ हर्डनको नगरपरिषद सदस्य छन् प्रदिप ढकाल ।पुर्वी झापाबाट अमेरिका आएका ढकाल युवा नगरपरिषद सदस्य हुन । २००६ मा विद्यार्थीकै रुपमा अमेरिका आएका ढकाल अध्ययन संगै कडा मिहिनेत गदै छोटो समयमा अमेरिकाको नगरपरिषद सदस्यमा निर्वाचित बन्न सफल भएका छन् ।

एक पछि अर्को गदै अवसरको यो भुमि अमेरिकामा नेपालीले उच्च तहमा पुग्दै आफनो मात्र नभई आम नेपालीको शान बढाएका छन् । तत्कालिन राष्ट्रपति बराक ओबामाको सल्लाहकार भएर काम गरिन संन्जिता श्रेष्ठ प्रधानले । सल्लाहकार भएर उनले अमेरिकन तथा अमेरिकन तथा नेपालीहरुको हितमा काम गर्ने मौका पाइन । १५वर्ष अघि उनी पनि डिभी चिठ्ठा मार्फत नै अमेरिका आएकी थिइन । उनी आयोबा डिर्पाटमेन्ट अफेयर्समा कार्यकारी अधिकृतको रुपमा समेत कार्यरत छिन् । अमेरिका जस्तो शक्तिशाली राष्ट्रका राष्ट्रपतिको सल्लाहकार पदमा आसिन हुनु सामान्य कुरा थिएन । संखुवासभा जिल्लाबाट आएकी प्रधानले त्यो अवसर पाइन ।

सञ्जिता जस्तै अमेरिकामा नेपाली महिलाहरु उच्च पदमा पुग्ने क्रम बढ्दो छ । तिनै मध्येकी हुन डा विष्णुमाया परियार । गोरखा जिल्लाको ताक्लुङ गाउँको विपन्न परिवारबाट अमेरिका आएर अध्ययन गरेर उच्च पदमा पुग्ने नेपाली महिला हुन । उनी न्युजर्सि सिटीका प्रमुख स्टेभन फुलपकी सल्लाहकार हुन । उनी न्युजर्सि सिटीबाटै वुमन एक्सन अर्वाडबाट समेत सम्मानित भइसकेकी छिन् । यो पुरस्का कृयाशिल महिलालाई दिने गरिन्छ । १९९९ मा अमेरिका आएकी अमेरिका आएकी परियार अमेरिकामा पनि नेपाली महिलाको हित तथा नेपालीलाई टिपिएस दिलाउनमा महत्वपुर्ण भुमिका खेल्दै आएकी छिन् ।

यस्तै अमेरिकाको सैन्य क्षेत्रको उच्च पदमा पनि नेपाली महिला पुगेका छन् । उनी हुन समृद्धि रिमाल । उनी अमेरिकी सेनामा मेजर हुन । अमेरिकी सेनाको उपल्लो तहमा पुग्ने उनी महिला मात्र नभई पहिलो नेपाली पनि हुन । अमेरिकाको रक्षा मन्त्रालयमा कार्यरत छिन् । अमेरिकाको टेक्ससमा हुर्किएकी रिमाल ११ वर्षको उमेरमा अभिभावकसंग अमेरिका आएकी थिइन । १८ वर्ष हाइस्कुल सकेपछि उनी अमेरिका आर्मीमा भर्ति भएकी हुन । अमेरिकी सेनामा भर्ति भएपछि नै उनले आफनो अध्ययन पुरा गदै अहिले डिग्री गरिरहेकी छिन् ।

यसरी अमेरिकाको विभिन्न राज्यका तह तप्का र निकायमा पुगेर नेपालीहरुले नेपालको पहिचान दिइरहेका छन् । अझै पनि नेपालीहरु अमेरिकाका उच्च तहमा पुग्ने क्रममा प्रयासरत रहेका छन् ।