नेपाली समाज टेक्सास (NST) मा बि.ओ.टि ले तिव्रता लिदै ।।

टेक्सस-नेपाली समाज,टेक्सास (NST) 1998 मा स्थापना भए देखि टेक्सास राज्यको डालस-फोर्थवर्थ मा नेपाली समुदायको लागि विभिन्न प्रकारका दिर्धकालिन कार्यक्रम गदै आएको छ । त्यहि क्रममा (NST-BOT) को कार्यक्रमले तिव्रता पाएको छ । भक्त भण्डारी को संयोजकत्वमा रहेको NST-BOT ले हालै एक कार्यक्रम गरि NST को भवन निर्माण गर्नेका लागि एउटा दिर्धकालिन प्रोजेक्टको शुरुवात गरेको छ । NST पदाधिकारी,पुर्व पदाधिकारि हरुवाट अठ्ठाईस हजार डलर संङ्कलन गदै यस दिर्घकालिन कार्यक्रमको शुरुवात गरिएको हो।
एन.एस.टि ले स्थापना काल देखि नेपाली मन्दिर, नेपाली ग्लोवल पाठशाला, नेपाली च्याम्बर्स अफ कमर्स लगाएत विभिन्न शाखा संस्था स्थापना गरेर ति संस्थाहरुबाट दिर्घकालिन कामहरु गर्दै आएको छ । NST-BOT सुमन थापा अध्यक्ष भएको कार्यसमितिबाट पारित भएर अगाडि आएको र त्यसलाई अब NST भवन निर्माणका लागि समय आएको र त्यसका लागि तिव्र गतिमा काम गर्नुपर्ने एन.यस.टि अध्यक्ष राजेन्द्र वाग्लेको भनाई छ ।
डालस नेपाली समाज निकै ठुलो भयो । नेपाली मन्दिर विशुद्र धार्मिक नेपाली सनातन धर्मको संरक्षक हो । त्यस भन्दा वाहेक हाम्रो समाजमा दैनिक जसो विविध सामाजिक, पारिवारिक कार्यक्रम हुन्छन । हाम्रो समाजमा वृद्ध बा-आमा पनि हुनुहुन्छ । वहाँ हरुको लागि नेपाली संस्कार अनुसारको स्हारशुसार केन्द्र । साना वाल बच्चाहरुको लागी वाल हेरचाहा केन्द्र । नेपाली दाहासंस्कार केन्द्र । हाम्रा चाडपर्व हरु मनाउँने हल सहितको भवन हाम्रो समाजका आवश्यक्ता हुन । यस्ता तमाम आवश्यक्ता लाई हामी क्रमिक रुपमा पुरा गदै जाने छौ । त्यस किसिमका दिर्घकालिन काम गर्ने NST-BOT को आवश्यक्ता भएको BOT अध्यक्ष भक्त भण्डारी को भनाई छ ।
नेपाली समाज,टेक्सास (NST) एउटा कार्यकारी संस्था हो । समाजको आवश्यक्ता अनुसार विभिन्न शाखा निर्माण गरिने र त्यसको कार्यन्वयको जिम्मा NST को संरक्षकमा त्यहि समितिलाई दिने । यसो गर्दा काम गर्ने सजिलो हुने र NST ले नेपाली समाजका दैनिकि समस्या तथा चासो चिन्ताका विषयमा काम गर्ने पाउँने विचार NST महासचिव सन्देश उप्रेतिको छ ।
NST-BOT को यो पहिलो आर्थिक संकलनको काम हो । हाम्रो अर्को गौरवको प्रोजेक्ट ‘नेपाली मन्दिर’ निर्माणाधिन अवस्थामा छ । आर्थिक संङ्कलन गर्ने हाम्रो समाज यहि हो । मन्दिर निर्माण कार्यलाई पनि असर नगर्ने तरिकाले हामी काम गर्छौ, NST-BOT अध्यक्ष भक्त भण्डारी ले भावि कामको योजना र कार्यन्वयनको विषयमा प्रष्ट पार्नु भयो ।