अमेरिकामा सर्वसाधारण नागरिक बन्दुक हिंसाबाट असुरक्षित

गोली चल्नु, हताहति हुनु र मान्छे मर्नु अमेरिकामा महत्वपूर्णसमाचारहरूमा पर्दैनन् । पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामादैनिक ३२१ वटा हतियारमार्फत हिंसात्मक घटनाहरू हुन्छन् ।त्यसमध्ये १११ जना मारिन्छन् र २१० जना अङ्गभङ्ग हुन्छन् ।त्यसैले पनि होला कहिलेकाहीँ कामबाट फर्कँदा श्रीमतीले “आजफलानो ठाउँमा गोली चलेर यति मान्छे मरेछन् नि !” भन्दा पनि त्यतिवास्ता लाग्दैन । किनभने, गोली चल्नु र मान्छे मर्नु यहाँ सामान्य हो ।बरु, केही समयसम्म यस्तो हताहतिका समाचार नआउँदा पो अचम्ममान्नुपर्ने अवस्था हुन्छ ।
गत मङ्गलबार मे २४ को दिन एउटा समाचार यसरी फैलियो किजसलाई नजरअन्दाज गर्न कुनै हालतमा सकिएन । टेक्सास राज्यकोदक्षिणी भेगमा पर्ने सहर ‘एभाल्ड’ स्थित एक आधारभूत विद्यालयमा१८ वर्षीय एक किशोरले गोली चलाई १९ जना अबोध बालबालिकार २ जना शिक्षिकाको हत्या गरे र प्रहरीको कारबाहीमा बन्दुकधारीकोपनि घटनास्थलमै ज्यान गयो ।
१८ वर्षीय बन्दुकधारी साल्भाडोर रामोशले घटना घटाउनुअघि आफ्नोइन्स्टाग्राममा आफूले घटना घटाउन लागेको सङ्केत गर्ने खालकोखबर पोष्ट गरेको भनिएको छ । त्यही सहरको माध्यमिक विद्यालयजाने रामोशले स्कूलका साथीहरूबाट गरिबी तथा स्पष्ट बोल्न नसक्नेक्षमताका आधारमा जिस्काइने गरेको र त्यही कारणले विद्यालयजान मन नगर्ने गरेको र त्यही विषयमा आफ्नो हजुरआमासँगमतमुताब हुने गरेको समाचारमा जनाइएको छ ।
हताहतिका घटना घटाउने व्यक्तिहरू १८–२१ वर्ष उमेर समूहका रकुनै न कुनै रूपले विद्यालय र समाजमा अपहेलित वा पछाडिपारिएका व्यक्तिहरू देखिन्छन् । त्यसैले यस्ता घटनाहरू हुन नदिनसमाजमा पिछडिएको वर्गलाई रोजगारमा जोड्ने, स्वास्थ्य सेवासर्वसुलभ बनाई मानसिक स्वास्थ्य परामर्शलाई सबैको पहुँचमापु¥याउने र हतियारले सबैभन्दा शक्तिशाली अस्त्रले यसले संसारजित्न सकिन्छ भन्ने मानसिकताको अन्त्य गर्नु जरुरी छ । हतियारत साधनमात्र हो, परिवर्तन गर्नुपर्ने साध्य हो । हालको योविध्वंसकारी घटनापछि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनिअमेरिकाले युक्रेनमा खर्च गर्नुको साटो अमेरिकी बालबालिकालाईसुरक्षित पार्न लगानी गर्नुपर्ने बताएका छन् ।
आफ्नो आमासँगको सम्बन्ध राम्रो नभएका कारण हजुरआमासँग बस्दैआएका रामोशले विद्यालयमा हमला गर्नुअघि आफ्नै हजुरआमालाईगोली हानी घाइते बनाएर नजिकैको प्राथमिक विद्यालयमा गई कक्षा४ मा अध्ययनरत बालबालिका र त्यही कक्षा कोठामा रहेका दुईशिक्षिकाहरूलाई गोली हानी हत्या गरे । एक शिक्षिका ‘एल्भाभोरालेस’ जसका ४ सन्तान र श्रीमान् थिए उनका श्रीमान्को पनिभोलिपल्ट हृदयघात भई निधन भयो । २ महिने गर्मी बिदा हुन २दिनमात्र बाँकी रहेको र शैक्षिक सत्रको अन्त्यमा गरिने Class Party मा रमाइरहेका बालबालिका जो अबोध थिए सदाका लागि बिदा भए।
सन् २०१२ मा कनेट्कट राज्यको एक प्राथमिक विद्यालयमा र २०१८मा फ्लोरिडाको एक माध्यमिक विद्यालयमा भएको नरसंहारपछिकोयो ठूलो नरसंहार मानिएको छ । यो घटनासँगै फेरि अमेरिकाकोबन्दुक नीतिको विषयमा चर्चा परिचर्चा हुन थालेको छ । संसारकैशक्तिशाली भनिएको देशमा स्कूल गएका बालबालिका असुरक्षितभएकोमा आलोचना पनि गरिएको छ ।
यहाँ मदिरा वा सुर्ति चुरोटभन्दा हतियार किन्न सजिलो छ । मदिराकिन्नुप¥यो भने २१ वर्ष उमेर पुगेको प्रमाणसहित निश्चित दिन रसमयमा निश्चित ठाउँबाट मात्र किन्न पाइन्छ जबकि बन्दुक किन १८वर्ष उमेर पुगेपछि सजिलै बजारबाट किन्न सकिन्छ । यो घटनाकोबन्दुकधारीले मे १६ मा आफ्नो १८ औँ जन्म दिन मनाएको र मे १७ र२१ मा गरी दुई फरक पसलबाट २ वटा AR–15 राइफल किनेकोबताइएको छ । यहाँको दुईवटै राजनीतिक दलहरूले हरेक चुनावमाबन्दुक नीतिको कुरा उठाइरहेका हुन्छन् तर पनि यो अमेरिकी खुलाबन्दुक नीतिका कारण दिनहुँ यस्ता घटनाहरू घटिरहेका छन् । बन्दुककिन्नुअघि स्वास्थ्य अवस्थाको चेक, व्यक्तिगत इतिहास(Background) जाँच गर्नुपर्ने जस्ता कुरा एक वर्गले उठाउँछ भनेअर्काे वर्ग अमेरिकी नागरिकहरू स्वतन्त्र रहेको र वयस्क भएपछिहतियार राख्न पाउन नैसर्गिक अधिकार हुनुपर्ने बताउँछ । अमेरिकामारहेको व्याप्त गरिबी, अशिक्षा, पारिवारिक बेमेल र त्यसका कारणलेहुने मानसिक स्वास्थ्य समस्याको समाधानको उपाय नखोजी योसमस्याको समाधान हुने देखिँदैन ।
जब–जब विद्यालयहरूमा यस्ता घटना घट्छन् यहाँ शिक्षक तथाविद्यालयका कर्मचारीहरूलाई हतियारयुक्त (armed) बनाउनुपर्नेकुराहरू जबरजस्तरूपमा उठ्छन् । तर, आफूलाई संसारकैशक्तिशाली मान्ने देश र त्यही शक्तिशाली देशका शक्तिशालीनागरिक सम्झिने व्यक्तिहरूको हातमा बन्दुक थमाउँदा समस्यासुल्झिनुको सट्टा झन् बल्झिन सक्ने तर्क पनि प्रस्तुत नहुने होइन ।
सामान्यतः यस्ता हताहतिका घटना घटाउने व्यक्तिहरू १८–२१ वर्षउमेर समूहका र कुनै न कुनै रूपले विद्यालय र समाजमा अपहेलित वापछाडि पारिएका व्यक्तिहरू देखिन्छन् । त्यसैले यस्ता घटनाहरू हुननदिन समाजमा पिछडिएको वर्गलाई रोजगारमा जोड्ने, स्वास्थ्य सेवासर्वसुलभ बनाई मानसिक स्वास्थ्य परामर्शलाई सबैको पहुँचमापु¥याउने र हतियारले सबैभन्दा शक्तिशाली अस्त्रले यसले संसारजित्न सकिन्छ भन्ने मानसिकताको अन्त्य गर्नु जरुरी छ । हतियार तसाधनमात्र हो, परिवर्तन गर्नुपर्ने साध्य हो । हालको यो विध्वंसकारीघटनापछि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकाले युक्रेनमा खर्चगर्नुको साटो अमेरिकी बालबालिकालाई सुरक्षित पार्न लगानी गर्नुपर्नेबताएका छन् ।