अमेरिका– अमेरिकाको क्यालिफोर्नियाको सानफ्रान्स्सिकेामा मगोलियन हर्टका राजु लामाको लाइभ कन्र्सट आयोजना हुने भएको छ ।
माना पाथी इन्टरटेनमेन्टले आईतबार एक पत्रकार सम्मेलन गरि आउदो जुलाई एक तारिक कार्यक्रम हुने जानकारी दिएको हो ।
भर्खर सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि अमेरिकामा राजु लामाले लाइभ प्रस्तुति दिन लागेको पहिलो कार्यक्रम भएको आयोजकले बताएका छन् ।
कार्यक्रममा राजु लामाले आफनो चर्चित दर्जनौ गीत प्रस्तुक गरेर झण्डै तीन घन्टा दर्शकलाई आफुसंगै नचाउनेछन् ।
विशेष गरि हिमालको संरक्षण गरौ भन्ने उद्धेश्य सहित हुन लगेको कार्यक्रममा टिकट विक्रीबाट भएको १० प्रतिशत आम्दानी हिमाल सरसफाईमा खर्चिने आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रवेशका लागी नियमित टिकट ४५ डलर र भिआइपी १५० डलर तोकिएको छ ।
सम्बन्धित खवर
-
अमेरिका-विवाहित महिलाको ...
-
टेक्सस-नेपाली समाज टेक्ससले ...