शिव शर्मा/टेक्सस
‘वाउ कर्मा बयान्डका सुरेन्द्रमान सिंह दाई ।’ हालै टेक्ससको एउटा कार्यक्रममा भेटिएका गायकलाई डाइ हार्ट फ्यान युसुफमान श्रेष्ठले इंगीत गदै भने । भेटको मौकामा उनले सेल्फी पनि लिन भ्याए । सात वर्ष भइसकेछ यी लोकप्रिय नेपाली पप ब्यान्ड कर्माका गायक अमेरिका बस्न थालेको । तर धेरैलाई अत्तोपत्तो छैन उनी अमेरिकामै छन् भन्ने ।
अमेरिकामै बसेर पनि उनी कन्र्सटका लागी विभिन्न देशमा पुगीरहेका छन् । खासै पब्लिकमा आउन नचाहने कुनै बेलाका यी चर्चित गायक सुरुमा कुराकानी गर्न हच्किए । मिडियामा नआउने भन्दै पन्छिन खोजे । लामो प्रयासपछि भने उनी कुरा  गर्न राजी भए । एक से एक हिट नम्बरका गीत दिएर चर्चा कमाएका यी गायक कन्र्सटहरुमा भने विदेशतिर व्यस्त छन् । यही भएर पनि धेरैले

उनलाई नेपालमै छन् भनेर लख काटने गरेका छन् । उनी पनि वर्षो देखि गुपचुपमै काम गर्दछन् । एल्बम गीत निकाल्ने भन्दा पनि कन्र्सटतिर गाइरहेका छन् ।
हुक्का मेरो डल्ले डल्ले
नालीलाई खन्न
यति राम्री मोटीलाई अगि नलाई जान्न ।

सन् २००२ मा हुक्का भन्ने एल्बममा समावेश यही गीतले कर्मा ब्यान्ड चिनियो । यस अघि सन् २००० मा निक्लेको पहिलो एल्बम ‘सहर तिम्रो’ भने एल्बम भने पुरै डुब्यो । दर्शकले रुचाएनन् । ‘हुक्का एल्बममा समावेश मौनतामा भन्ने गीतले अझ बढी फ्यान फलोअर्स बढायो’ कुराकानीको क्रममा उनले भने–‘यसपछि भने हाम्रा गीतहरु दर्शकले रुचाउन थाले ।’ नेपाली टिपिकल गीतलाई पश्चिमा संग फ्युजन गरिएका ब्यान्डको झ्याम्म–झ्याम्म गीतले कन्र्सटहरु तताउन थाल्यो । देशविदेशमै कन्र्सटको माग बढ्यो । कर्मा ब्यान्डले गति लियो । कन्र्सटकै क्रममा विभिन्न देशपछि सन् २०११ मा उनी अमेरिकाको न्युयोर्क आइपुगे ।

देश विदेशमा कन्र्सटको राम्रो अफर र नेपालमै राम्रो बिजनेस चलेको थियो उनको । उनी कन्र्सट गरेर स्वदेश फर्किन चाहन्थे । आफनै प्रेमिका अमेरिकामै अध्ययन गदै थिइन । अन्तरजातिय विवाहका लागी दुवैतर्फका परिवार राजी थिएनन् । पारिवारि बन्धनले उनी कन्र्सटपछि नेपाल फर्किएनन् । प्रेमिकाका लागी भनेर यतै बसे । एक्स्ट्रा अडिनरी एप्लाई गरि अमेरिकी ग्रिनकार्ड लिए । आफनै ‘डाइहार्ट फ्यान’ रहेकी प्रेमिकासंग विवाह गरेर यतै रमाए ।
टेक्ससको ड्यालस बस्दै आएका कर्मा ब्यान्डका यी गायक भर्खरै मात्र कन्र्सटका लागी नेपाल टुर पुरा गरेर आए । गीत पनि रेकर्ड गरे । अव छिटै एल्बम पनि आउदैछ । ‘नेपालमा सांगीतिक टुर गरेर फेरी ब्यान्डलाई कमब्याक गरेको छु’ उनी भन्दै थिए–‘फेरी पनि पहिलाकै जस्तै दर्शकले रुचाउने गीत सहित आउदैछौ ।’


उनका अनुसार यसै वर्ष दुवईसंगै अमेरिकाका विभिन्न राज्यहरुमा सांगीतिक टुर गर्ने योजना समेत बनिसकेको छ । दर्शक तथा स्रोताको चर्को दबाब पनि खेपी रहेका उनलाई फेरी कर्मा ब्यान्डलाई जुर्मुराउने चुनौती थपिएको बताए । पछिल्लो पटक २०१३ मा नया सपना भन्ने एल्बम पछि कर्माको अर्को एल्बम निस्केको छैन । तर यो बीचमा कन्र्सटका लागी अष्टे«लिया, क्यानडा, युरोप देखि कोरिया, सिंगापुर लगायत देशहरु पुगेर कन्र्सट मार्फत भने दर्शकलाई उफारिरहेका छन् । एल्बम ननिकाले पनि कर्मा ब्यान्डलाई कन्र्सट मार्फत रिन्यु भने उनले गदै आएका छन् । झन्डै पा“च वर्षपछि पुन परिष्कृत सहित उनी नया एल्बम सहित ब्यान्डलाई उचाल्दैछन् ।

अमेरिकामा के गर्दछन्
काम नगरी जीविका चल्दैन । उनी पनि काम गर्छन् तर अरुको हैन । आफनै घरमा बसेर उनी संगीत संगै सम्बन्धीत काम गर्छन् । फिल्म इडिटिङ तथा मेकिङ सम्बन्धी अध्ययन अमेरिकामै गरे उनले । मिहिनत गरे धेरै । त्यसो त नेपालमा हुदा“ पनि उनको फाटफुट्ट यो काम गर्दथे । उनलाई यसमा रुची थियो । त्यही रुचीलाई यहा“ आएर उनले पेशा बनाए । अहिले उनी अमेरिकन टिभी एड देखि विज्ञापन, सर्ट मुभी, म्युजिक भिडियो लगायतको काम गर्छन् । यो नै उनको पेशा हो । कमाई पनि राम्रै गरेका छन् । यसैमा उनी सन्तुष्ट पनि छन् । उनी केही मंहगा फिल्म मेकरको रुपमा यहा“ धेरैले चिन्छन् ।


विदेशीहरुले सर्ट मुभी र केही एडका लागी दिएका प्रोपोजलहरु केलाउदै कामका लागी रुटिन मिलाउदै उनलाई फुर्सद छैन । केही नेपाली म्युजिक भिडियोको निर्देशन पनि उनले गरेका छन् । उनलाई यही काममा बिहान देखि बेलुका सम्म फुर्सद हुदैन । कामका लागी उनी अमेरिकाका धेरै राज्यहरुमा पुगीसकेका छन् । यो बाहेक बाकी रहेको समय उनी म्युजिकल कन्र्सटहरुमा पनि गीत गाउन भ्याएका छन् । अमेरिका बाहिर युरोप, अष्टे«लिया, बेलायत पनि पुगेकै हुन्छन् । ‘फुल टाइभ काम त अहिले मेरो प्रोडक्सन नै भएको छ’ उनले भने–‘यही कामले नै भ्याई नभ्याई भएको छ । ’

कसरी जन्मियो कर्मा
र्कीतिपुर काठमान्डौका रैथाने नेवार उनको बाल्यकाल भारतमा बित्यो । पा“च कक्षा पढ्न नेपाल आइपुगे भारतबाट । केही समय विरंगञ्ज बसेर पनि पढे । त्यसोत स्कुले जीवनमै उनको ब्यान्ड जन्मिसकेको थियो न्यारो बेडस । स्कुले कार्यक्रमहरुमा उनी कन्र्सट रन्काउथे । काठमान्डौमा कलेज पढ्दा पनि उनी गीत गाउन अघि सर्दथे । सानै देखिको सौखलाई उनले मर्न दिएनन् । सन् १९९९ मा कर्म ब्यान्ड जन्मियो । जन्मेको एक वर्षपछि नै ब्यान्डले एल्बम निकाल्यो । पहिलो एल्बम पश्चिमा संगीतलाई मात्रै प्राथमिकता दिएकाले त्यो बेलाको दर्शकले रुचाएनन् । गीतमा इन्फुलेन्स बढी भएको उनी बताउछन् । गीत चलेन ।


दर्शकको आत छामेका उनले । पश्चिमा संगीतमा टिपिकल नेपाली संगीतलाई फ्युजन गराए । त्यस लगत्तै निक्लेका हुक्का, मौनतामा, , कहा“ होला घरबार, मा¥यो, छैन मैले तिम्रो चित्त दुखाएको , सुपारी दाना, यानीमाया लगायतका दर्जनौ गीतहरु चले । पा“च वटा एल्बम निकाले । त्यतिबेला अहिलेको जस्तो म्युजिक भिडियो निर्माण गर्ने चलन आइसकेको थिएन । अडियो , सिडी किनेर दर्शकले गीत मन पराउथे । एफ.एम रेडियोमा बजेपछि गीतहरु चल्थे । ब्यान्डमा उनी संगै गितारमा बासुदेव श्रेष्ठ र हरि महर्जन, ड्रमरमा अनिल शाक्य, परक्युसनमा प्रशान्त महर्जन र गितार बेसमा विजय श्रेष्ठको समुह छ । पश्चिमा संगीतमा केही नेपाली लोकशैलीलाई फ्युजन गरेर गाइएका कर्माका गीत दर्शकले अहिले पनि उतिकै युट्युबबाट सुन्ने गरेका छन् । ‘हाम्रा गीतलाई टिनएज देखि पाका सम्मका दर्शकले रुचाएको देखिन्छ’ कुराकानीको बिट मादै उनले भने–‘यो मायालाई साथ लिदै फेरी नया एल्बम लिएर अब छिट्टै आउदैछौ ।’

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected