हामी अन्तरिक्षबाट कति द्रुत गतिमा अघि बढिरहेका छौं?

डा पर्शुराम दाहाल
हामी कुर्सीमा बसिरहेको बेला वा हामी उभिरहेका बेला वा टिभीको अगाडि आराम गरि रहेको बेला
हामी सोच्छौं कि हामी स्थिर छौं तर हामी स्थिर छैनौं । तेसो भए हामी कत्तिको चाँडो गतिमा अन्तरिक्षमा घुमी रहेको छौं ? यस प्रश्नको पूर्ण जवाफ दिन सकिदैन जबसम्म हामी लाइ थाहा हुदैन , “के को तुलनामा?” अन्य गतिशील वा स्थिर वस्तुको सम्बन्धमा चल्ती वस्तुहरूको वेगलाई “सापेक्ष वेग” भनिन्छ।पृथ्वी एक दिनमा वा २४ घण्टामा आफ्नो अक्षमा एक पटक घुम्छ । भूमध्यरेखाको परिधि ४०००० किलोमिटर छ। पृथ्वीलाई एक पटक घुम्न २४ घण्टा लाग्छ। त्यसैले:४००००/ २४ = १६६० किलोमिटर प्रति घण्टा।यदि हामी पृथ्वीको भूमध्यरेखामा छौं भने भूमध्यरेखामा एक व्यक्ति पृथ्वीको चारै तिर लगभग १६६० किलोमिटर प्रति घण्टामा घुमी रहेको हुन्छ । पृथ्वीको औसत कक्षीय गति प्रति सेकेन्ड ३० किलोमिटर हो। साथै, पृथ्वी सूर्यको चारै तिर घुम्दैछ, एक बर्षमा एक पटक। सूर्यले आकाशमा उही स्थान मा फर्केर आइपुग्न ९४२ million किलोमीटर यात्रा गर्नु पर्छ ।
हामीलाई सुर्यको परिक्रमा गर्न 365 दिन लाग्छ। यसको मतलब हाम्रो पृथ्वी सूर्यको वरिपरि लगभग १०७, 000 किलोमिटर प्रति घण्टामा घुमी रहेको हुन्छ । तेसरी नै हाम्रो सौर्यमण्डल मिल्की वे ग्यालक्सीको वरिपरि लगभग ७००,००० किलोमिटर प्रति घण्टामा घुमिरहेको छ। मिल्की वे ग्यालक्सी आकाशमा उही स्थान मा फर्केर आइपुग्न लगभग २००- २५० million वर्ष यात्रा गर्नु पर्छ। हाम्रो मिल्की वे ग्यालक्सी पनि प्रति घण्टा लगभग ४०५ हजार किलोमिटरको साथ एन्ड्रोमेडा ग्यालेक्सीतिर बढिरहेको छ। सौर्यमण्डल आकाशगंगाको केन्द्रबाट 25,००० प्रकाश वर्ष टाढा छ (एक प्रकाश वर्ष भनेको प्रकाश ले १ वर्ष मा पर गर्ने दुरी हो )
यस प्रकार, सूर्य, पृथ्वी, र सम्पूर्ण सौर्य प्रणाली पनि गतिमा छन्, आकाशगंगाको केन्द्रको वरिपरि ।ब्रह्माण्डको विस्तार जारी छ र हाम्रो आकाशगंगा(मिल्की वे ग्यालक्सी) पनि अन्य आकाशगंगा देखि टाढा धेरै ठुलो वेग मा यात्रा गर्दै छ । यस तरीकाले सबै कुरा घुमिरहेको छ र सम्पूर्ण ब्रह्माण्ड नै घुमिरहेको छ।।माथिका सबै वेग जोड्ने हो भने , हामी वेग प्रति सेकेन्ड १२ किलोमिटर ले अगाडि बढिरहेका छौं यद्यपि यस्तो लाग्दछ कि हामी चुप लागेर बसेका छौं । यसरि हामी निरन्तर अविश्वसनीय गतिमा अन्तरिक्ष मा ठूलो वेगका साथ अघि बढिरहेका छौं। यो सबै गति संग हामी केहि पनि महसुस गर्दैनौं र हामी यस बारे सचेत छैनौं किनकि यी सबै चालहरू लगभग पूर्ण रूपमा स्थिर छन्।
यसरि हामी अन्तरिक्षबाट ब्रह्माण्डको यात्रा गर्दैछौं। जीवन छोटो छ , यो निःशुल्क यात्राको मजा लिनुहोस् ।
(लेखक युएसनेपाल पाेष्टकाे नियमित स्तम्भकार हुनुहुन्छ)